८ बैशाख २०८१, शनिबार
एसईई परीक्षाको नजिता यहि साता आउने
  • काँचुली खबर

काठमाडौं -एसईई परीक्षाको नजिता यहि साता आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने र रुजु गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले असार १० गतेभित्रै रिजल्ट प्रकाशन गर्नेगरी तयारी गरिरहेको जानकारी दिए । प्राविधिक धार र साधारण धार दुवैतर्फको नतिजा सँगै प्रकाशित गर्ने योजना रहेको पनि उनले बताए । यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

  • ३ असार २०७५, आईतवार १३:४१ प्रकाशित
  • Nabintech