१६ चैत्र २०८०, शुक्रबार
यी हुन् लियोनल मेस्सीले मिस गरेका ११ पेनाल्टी अवसर ( भिडियो )
  • काँचुली खबर

काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा स्टार स्ट्राइकर लियोनल मेस्सी पेनाल्टीमा चुकेपछि नवप्रवेशी टिम आइसल्याण्डसँग बराबरीमा रोकियो । यो घट्नापछि सर्वत्र मेस्सीको आलोचना भैरहेको छ भने यता मेस्सी आफैं पनि दुःखमा छन् ।

विश्वभर रहेका उनका फ्यानहरु पनि आइसल्याण्डसँगको खेलमा आवश्यक परेका बेला पाएको पेनाल्टीमा चुकेपछि ठूलो झड्कामा छन् । उनले पेनाल्टीमा गोल गर्न सकेको भए अर्जेन्टिनाले पहिलो खेलमा जित निकाल्ने थियो र आत्मबल बलियो हुनेथियो ।

उनले पेनालटी मिस गरेको यो पहिलो पटक होइन । कोपा अमेरिकाको फाइनलमा उनले पेनाल्टी मिस गरेर हार सन्यास नै लिए । पछि सन्यासबाट फर्किएका मेस्सीले शनिबार राति भएको खेलमा मेस्सीले पेनाल्टी मिस गरे । उनले राष्ट्रिय टिम र क्लबबाट पछिल्ला सात पेनाल्टीमा चार पटक चुकेका छन् । शनिबार बेलुकाको खेलपछि युट्युबटमा मेस्सी चुकेका प्रमुख ११ पेनाल्टीको भिडियो सार्वजनिक भएको छ । त्यसमा बार्सिलोना र राष्ट्रिय टिमबाट उनले मिस गरेका प्रमुख पेनाल्टी समेटिएको छ ।

  • ३ असार २०७५, आईतवार १३:३४ प्रकाशित
  • Nabintech