१३ बैशाख २०८१, बिहीबार
जनकपुर अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलार्इ माेसाे दलियाे
  • काँचुली खबर

जनकपुर । अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामपरीक्षण यादवलाई  युवा तथा विद्यार्थी नेताहरूले मोसो दलेका छन । अञ्चल अस्पतालमा पटक पटक चिकित्सकको लापरवाहीले सर्वसाधारणको ज्यान गइरहेको भन्दै सेवा सुधारका लागि युवा नेताको टोलीले ज्ञापनपत्र वुझाउन गएको वेला मेसुले हप्काएपछि मोसो दलेका हुन् छ ।

नयाँ शक्ति नेपाल,तरुणदल,नेविसंघ,विद्यार्थी युनियन र स्थानीय युवाहरुको एक समुह आईतवार दिउँसो अढाईबजेतिर मेसु यादवलाई ज्ञापन पत्र बुझाउन गएका थिए ।मेसु यादव युवाहरुको समूहलाई केही बाउन्सर बोलाएर हप्काएपछि आक्रोसित युवाहरुले त्यही रहेको मसीले मेसु यादवको जिउमा खन्याएर कालोमोसो गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

कालोमोसो दलेको आशंकामा तीन चार जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।यता युवाहरुको समूहले वुझाउन गएको ज्ञापनपत्रमा उल्लेख भए अनुसार जनकपुर अंचल अस्पतालमा चिकित्सकको लापरवाहीका कारण विरामीको अनाहकमै मृत्यु हुने गरेको हुदा पटक पटक ध्यानाकषर्ण गराउदा पनि मेसुले टेरपुच्छर नलगाएपछि आन्दोलन गर्न बाध्य भएको उल्लेख गरिएको छ ।

  • २७ जेष्ठ २०७५, आईतवार १९:१७ प्रकाशित
  • Nabintech