१५ चैत्र २०८०, बिहीबार
भारतीय प्रधानमन्त्री मोदीको हत्या योजना बनेको खुलासा !
  • काँचुली खबर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या योजना बनेको सनसनीपूर्ण खुलासा भएको छ । भारतमा करिब ४ दशकदेखि सशस्त्र संघर्षको नेतृत्व गरिरहेको नक्सालवादी (भारतीय माओवादी) पार्टीका कार्यकर्ताहरुको गिरफ्तारी पछि उक्त घटनाको खुलासा भएको हो ।

भारतीय प्रहरीले गिरफ्तार गरिएका नक्सालवादी कार्यकर्ताहरुबाट भूमिगत रुपमै लेखिएको एउटा महत्वपूर्ण चिठी समेत बरामद गरेको र उक्त चिठीमा प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनाइएको तथ्य फेला परेको दाबी गरेको छ ।

चिठीमा पूर्वप्रधानमन्त्री राजिव गान्धीकै शैलीमा प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनेको समेत भारतीय प्रहरीको दाबी छ । उक्त चिठी एक नक्सालवादी कार्यकर्ताको कम्युटरबाट बरामद गरिएको भारतको पुणेस्थित प्रहरी श्रोतलाई उदृत गर्दै भारतीय सञ्चामाध्यामहरुले समाचार प्रसारण गरेका छन् ।

यता, भारतीय गृहमन्त्री राजनाथसिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि सरकार ग्रम्भीर रहेको बताएका छन् । शुक्रबार जम्मु–कश्मिरको एकदिने भ्रमणमा निस्किएका उनले प्रधानमन्त्री मोदीको हत्या योजना बनेको भन्ने समाचारका सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिँदै सो कुराको दाबी गरेका हुन् ।

गृहमन्त्री सिंहले भारतमा माओवादी (नक्सालवादीहरु) सकिएको दाबी गर्दै उनीहरु अब १० जिल्लामा सिमित भएको दाबी गरेका छन् । उनले आतंकवाद नियन्त्रणका लागि सरकारले उचित निर्णय लिने तयारी गरिरहेको समेत बताएका छन् ।

  • २५ जेष्ठ २०७५, शुक्रबार २१:२९ प्रकाशित
  • Nabintech