स्काभेटरमा च्याप्पियर एक जनाको मृत्यु
  • काँचुली खबर

डोटी/ डोटीको सायल गाउँपालिकामा स्काभेटरमा च्यापिएर एक जनाको मृत्यु भएको छ । सायल गाउँपालिका वडा नं १ छपालीकाे कौराडी बस्ने ६२ बर्षिय बिक्रम थापा स्काभेटरमा च्यापिएर मृत्यु भएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले जानकारी दिनु भएको छ । सायलको वडा नं १ छपालीबाट बाटो सफा गर्दै सदरमुकाम सिलगढी फर्कने क्रममा स्काभेटरमा च्याप्पिएर थापाकाे मृत्यु भएको हो । घटनास्थल तर्फ प्रहरी घटना स्थल तर्फ गई रहेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनु भएको छ ।

  • २१ जेष्ठ २०७५, सोमबार १४:५४ प्रकाशित
  • Nabintech