६ चैत्र २०८०, मंगलवार
तमुवान\मगराँत प्रदेश नामाकरण गर्न पोखरामा बृहत जनप्रदर्शन
  • काँचुली खबर

कास्कीका आदिवासी जनजातिहरुले तमुवान-मगरात प्रदेश नामाकरण गर्न माग गर्दै पोखरामा बृहत जनप्रदर्शन गरेका छन्। तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको संयोजकत्वमा गठित तमुवान-मगराँत संघर्ष समितिद्धारा आयोजित तमुवान-मगराँत बृहत जनप्रदर्शनमा सामाजिक र साँस्कृतिक रमझममा रमाउने जनजातिहरु आफ्नो पहिचान र अधिकारका लागि सडकमा ओर्लेका हुन।
४ नं. प्रदेशलाई तमुवान-मगरात प्रदेश नामकारण गराउन, आदिवासी जनजाति लगायतका समुदायको पहिचान, परम्परा र सँस्कृतिजन्य चार्डपर्वमा प्राप्त सार्वजनिक विदा कटौती तुरुन्त फिर्ता गराउनु, आदिवासी जनजातिका भाषालाई सरकारी कामकाजको भाषा बनाउन, तत्काल विशेष, संरक्षित, स्वायत्त क्षेत्र घोषणा गराउन, नेपाल पक्ष भएका अन्र्तराष्ट्रिय महासन्धि एवम प्रतिज्ञा पत्र, अन्र्तराष्ट्रिय श्रम संगठनको आदिवासी तथा जनजाति महासन्धि९आइ एल ओ १६९०, आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र कार्यन्वयन गराउन,जनसंख्याको आधारमा समानुपातिक प्रतिनीधित्व र लैंगिक समानताको सुनिश्चितता र धर्म निरपेक्षता विरुद्धको षडयन्त्रको अन्त्य गराउन माग गर्दै तमुवान-मगरात संघर्ष समितिले जनप्रदैन गरेको हो।
चिप्लेढुंगाबाट शुरु भएको बुहत जनप्रदर्शन र्याली महेन्द्रपुल भिमसेनचोक, पालिखेचोक, नदिपुर हुदै प्रदेश सभामा पुगी उपसभामुख सिर्जना शर्मालाई तमुवान-मगराँत संघर्ष समितिका संयोजक कर्म तमुले कास्कीका ३३ संघ संस्थाका अगुवाहरुद्धारा हस्ताक्षरित ज्ञापनपत्र वाचन गरी बुझाउनुभएको थियो भने संसदीय दलका नेताहरुलाई संसद सचिव मार्फत हस्तान्तरण गरे । ज्ञापनपत्र बुझ्दै उपसभामुख शर्माले आफु ग्रहण गरेको ज्ञापनपत्र प्रदेशसभामा बुझाउने प्रतिवद्धता व्यक्त गरे । प्रदेश सभाको गेट बाहिर आयोजित कोणसभाका वक्ताहरुले प्रदेशलाई तमुवान-मगराँत नामाकरणसहितको आफ्ना मागहरु पुरा नभई सशक्त आन्दोलन गर्ने चेतावनी दिए। तमु धिं नेपालकी अध्यक्ष तथा तमुवान-मगराँत संघर्ष समितिकी संयोजक कर्म तमुले शान्तिपुर्ण आन्दोलनको आवाज सुनुवाई नभए पहिचान, अधिकारका लागि जनता सशक्त र आवाश्यक परे भाला र लठी लिएरै सडकमा उत्तने चेतावनी दिए ।
तमु ह्युला छोज धिं गुरुङ राष्ट्रिय परिषदका प्रदेश अध्यक्ष दलबहादुर गुरुङले आफ्ना जायज माग पुरा नगरे सिंहदरवार र बालुवाटार घेर्न नपरोस भन्ने चेतावनी दिए । तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले विभिन्न बहानमा पहिचान लुट्ने, अधिकार खोस्नेहरु होशियारी गर्नुहुदै संघीयता र राज्यको पुर्नसंरचनाको मर्म एवं राज्य पुनसंरचनाका लागि तयार पारिएको आधारहरुको आधारमा तमुवान-मगराँत प्रदेश नामाकरण गरिनुपर्नेमा जोड दिए । नेपाल मगर संघ प्रदेश संयोजक खेमबहादुर पुन मगरले तमुवान-मगराँत प्रदेश नामाकरण नगरिए सशक्त आन्दोलन गर्ने भन्नुहुदै तमुवान-मगराँत प्रदेश नामाकरणले जातियता नभई पहिचान र सभ्यताको सम्बोधन हुने बताए । तमुवान युथ भोलिन्टियर्सका संयोजक कृष्णकुमार गुरुङले शसक्त आन्दोलन नगरिकनै तमुवान-मगराँत प्राप्त नहुने भन्नुहुदै तमुवानका लागि आवाश्यक परे सुरक्षाकर्मीका लाठी बन्दुक खोसेरै लड्नुपर्ने बताए । तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष उमबहादुर गुरुङले माग पुरा गराउन सशक्त एकतावद्ध आन्दोलन आवाश्यक रहेको बताए ।

  • २० जेष्ठ २०७५, आईतवार २०:३६ प्रकाशित
  • Nabintech