८ बैशाख २०८१, शनिबार
फुटबल क्याम्प संचालन
  • काँचुली खबर

क्षेत्रीय स्तरको महिला फुटवल खेलकालागि कोहलपुरमा खेलाडी छनौट शुरु गरिएको छ । कोहलपुरस्थित तेह्र विगाह खेल मैदानमा क्षेत्रिय महिला टिम छनोटकालागि दाङ, सुर्खेत, बर्दिया र बाँकेका खेलाडीहरु केन्द्रित भएका छन ।
फुटबलका क्षेत्रीय प्रशिक्षक यम बहादुर गुरुङ्गले सहभागी मध्यबाट उत्कृष्ट खेलाडी छनौट गरिरहेका छन् । १५ वर्ष मुनि र १८ वर्ष मुनिका खेलाडीहरु छनौट कार्य शुक्रवारबाट शुरु गरिएको हो । छनौट कार्य आज (शनिवार) सम्म चल्ने बाँके जिल्ला फुटवल संघका सदस्य जनक के.सी.ले जानकारी दिएका छन् ।
क्याम्पबाट छनोट हुन सफल खेलाडीहरुले आगामी सेप्टेम्बर र अगस्तमा भुटानमा हुने साफ खेलमा सहभागी हुन पाउने बताईएको छ ।

  • १८ जेष्ठ २०७५, शुक्रबार १९:४५ प्रकाशित
  • Nabintech