७ बैशाख २०८१, शुक्रबार
ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघ बाँकेको नेतृत्वमा शर्मा
  • काँचुली खबर

मंगलबार कोहलपुरमा ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघ बाँकेको तेस्रो अधिवेशनले रमणी प्रसाद शर्माको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव र कोषध्यक्षमा क्रमशः परशुराम लामिछाने, नमराज पौडेल, लक्ष्मण पाण्डे, सुदिप प्रसाद धिताल र लोकेन्द्र कँवर चयन भएका छन । त्यस्तै सदस्यहरुमा रामजी पौडेल, दिपक ढुङ्गाना, किरण के.सी., धर्मराज सेढाई, केशवराज शाही, रामप्रसाद चौधरी र दिपेन्द्र भण्डारी चयन भएको नवनिर्वाचित अध्यक्ष रमणीप्रसाद शर्माले जानकारी दिए ।

संघको ५ औं साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै कोहलपुर नगर सरकारका प्रमुख लुटबहादुर रावतले ब्यवसायीहरुले नगर सभाबाट निर्धारण गरिएको ब्यवसायीक कर तिरेर स्थानिय सरकारलाई सहयोग गर्न आग्रह गरे ।

रावतले भने, “विकास निर्माणकालागि राज्यलाई पुँजी आवश्यक पर्ने र त्यो पूँजी तपाईहरु जस्तै ब्यवसायीहरुबाट करको रुपमा संकलन हुने हो । कर लिने नाममा एकै पटक ब्यवसायीलाई राज्यले निचोरेर देश बिकासमा सहयोग हुन सक्दैन । बरु ब्यवसायीहरुले नियमित रुपमा कर तिर्ने बानी बसालेमा त्यसले मात्र आर्थिक समृद्धिमा सहयोग पु¥याउँछ भन्ने कुरामा नगरपालिका सचेत छ ।”
त्यस्तै संघको अधिवेशनलाई सम्बोधन गर्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले ब्यवसायीले राज्यलाई कर तिर्न आवश्यक रहेको जिकिर गर्दै ब्यवसायीहरुले आप्mनो ब्यवसायको लेखा प्रणालीलाई पनि स्पष्ट रुपमा राख्न आग्रह
गरे ।
नेपाल उद्योग वाणिज्य संघका ५ नं. प्रदेश सदस्य नरेन्द्र प्रसाद पौडेलले स्थानिय ब्यवसायीहरुलाई प्रोत्साहन गर्न सरकारी कार्यालयहरुमा आवश्यक पर्ने वस्तु स्थानिय व्यवसायीहरुबाटै किन्ने पद्धत्तीको विकास गर्नुपर्ने बताए ।

  • १५ जेष्ठ २०७५, मंगलवार २०:२५ प्रकाशित
  • Nabintech