१६ चैत्र २०८०, शुक्रबार
जहाँ गाईको कल्चौडोमा ब्रा लगाईन्छ
  • काँचुली खबर

सुन्दैमा अनौठो लाग्दछ । तर बेलायतमा चाहिँ किसानले आफ्नो फार्ममा पालेका गाईहरुलाई कल्चौडोमा ब्रा लगाइदिने गरेका छन् । स्कटल्याण्डको हाइल्याण्डस्ति इस्टर रोसका एक किसान दम्पत्तिले आफ्ना गाईलाई ब्रा लगाइदिएका हुन् ।
थुन सुन्निने समस्या अर्थात् मास्टिटिसबाट गाईलाई मुक्ति दिनका लागि यसो गरिएको बताइएको छ । वास्तवमा गाईका बाच्छा बाच्छीले अघिल्ला दुई थुन मात्र चुस्दछन् । यसो गर्दा पछिल्ला दुई थुन अर्थात् आधा कल्चौँडो गानिन्छ र सुन्निन्छ । सोही कारण अघिल्ला दुई थुनमा ब्रा लगाइदिएपछि बाच्छाले पछिल्ला थुन चुसिदिने र गान्निएर जम्मा भएको दुध निख्रिने कारणले थुन सुन्निने समस्या हुँदैन । यसरी आलोपालो गरी अघिल्लो र पछिल्लो थुनमा ब्रा लगाइदिएपछि गाईको कल्चौँडोको कुनै थुनमा दुध जम्मा हुने समस्या हुँदैन । डोनाल्ड रस नामका ती किसानले आफ्नो गाईलाई लगाइदिएको ब्राको तस्वीर उनका साथीले सोसल मिडियामार्फत सार्वजनिक गरिदिएका थिए ।
बीबीसी

  • ५ जेष्ठ २०७५, शनिबार १४:२२ प्रकाशित
  • Nabintech