२६ बैशाख २०८१, बुधबार
दैलेखमा जिप दुर्घटना : तीन जनाको मृत्यु, ६ गम्भीर घाइते
  • काँचुली खबर

दैलेख – दैलेखको ठाँटिकाँध गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । सुर्खेतबाट ठाँटिकाँध गाउँपालिकाको वडा नं। ३ बाहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नं। को जिप बुधबार बिहान करिव ८ बजे धामीगाउँ नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा ठाँटिकाँध गाउँपालिका ३ का अन्दाजी ४७ वर्षीय राजेन्द्रबहादुर शाही, वडा नं. १ का अन्दाजी ३० वर्षीय निर्मल बम र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले तीन जनाको मृत्यु भएको पुष्टी गरे ।

  • १२ मंसिर २०७५, बुधबार १०:२९ प्रकाशित
  • Nabintech