५ जेष्ठ २०८१, शनिबार
एक गैंडाको मृत्यु
  • काँचुली खबर

नवलपुर- गैंडा संरक्षणका लागि राइनो गोल्डकप हुन लागेको अघिल्लो दिन नवलपुरको कोल्हुवामा एक गैंडा मृत फेला परेको छ ।

मध्यविन्दु नगरपालिका–२, सेहरी भुताहा क्षेत्रमा हिँजो साझ ७ बजेतिर दुई गैंडा आपसमा जुध्दा एक गैडाको मृत्यु भएको हो । सेहरी भुताहा क्षेत्रको कासघारिमा दुई गैंडा आपसमा जुध्दा गैंडाको मृत्यु भएको कोल्हुवा प्रहरीले जनाएको छ । मृतक गैंडा चितवन राष्ट्रिय निकुञ्जको रहेको बताइएको छ ।

मृत गैंडालाई अहिले कोल्हुवामा रहेको नेपाली सेनाको बटुक दल गणमा राखिएको छ । मृत गैंडाको पोष्टमार्टमका लागि चितवन राष्ट्रिय निकुञ्ज कसराबाट चिकित्सकसहितको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।

  • १५ कार्तिक २०७५, बिहीबार १४:०३ प्रकाशित
  • Nabintech