२१ बैशाख २०८१, शुक्रबार
श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्ष प्रधानमन्त्रीमा नियुक्त
  • काँचुली खबर

श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि प्रधानमन्त्री पदमा रानिल विक्रमासिंघे थिए । श्रीलंकाको नाटकीय घटनाक्रमबाट संवैधानिक संकट सिर्जना भएको बीबीसीले लेखेको छ ।

विक्रमसिंघेले संसदमा आफ्नो बहुमत रहेको र बहुमत रहुन्जेल आफू नै प्रधानमन्त्री रहिरहने बताएका छन् । सरकार प्रवक्ता रजिताले सेनारत्नेले पनि बीबीसीसँग कुरा गर्दै रानिल विक्रमासिंघे नै प्रधानमन्त्री भएको बताएका छन् । पछिल्लो केही हप्ता श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा रस्साकस्सी चलिरहेको थियो ।

(अनलाईनखबरबाट साभार)

  • १० कार्तिक २०७५, शनिबार १८:२७ प्रकाशित
  • Nabintech