२१ बैशाख २०८१, शुक्रबार
योग्य मानिस मात्र अमेरिका आऊन् : ट्रम्प
  • काँचुली खबर

डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएदेखि नै आप्रवासी योग्यताको कुरा उठाइरहेका छन् । शनिवार उनले फेरि एकपटक योग्य र अमेरिकालाई मद्दत गर्न सक्ने व्यक्ति मात्र अमेरिकामा आएर बस्न भनेका छन् । देशमा अवैध तरिकाले नघुस्न उनले चेतावनी दिएका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यसो भनेका हुन् । उनले भने, ‘म सीमाको विषयमा कडा छु । हाम्रो देशमा मानिसहरू वैध तरिकाले आऊन्, अवैध तरिका नअपनाऊन् । योग्यताका आधारमा मात्र उनीहरू आऊन् ।’

उनले भने, ‘धेरैजना मानिस अमेरिका आऊन् तर तिनीहरू योग्य होऊन् । अहिले हाम्रो देशमा कार कम्पनीहरू फिर्ता आएका छन् । विगत ३५ वर्षमा यस्तो भएको थिएन । फक्सकन जस्ता कम्पनीले विस्कन्सिनमा विशाल कारखाना खोल्ने भएका छन् ।’

  • २८ आश्विन २०७५, आईतवार १३:१२ प्रकाशित
  • Nabintech