भारतको सबैभन्दा व्यस्त शहर मुम्बइको मानवबस्ती भएको क्षेत्रमा आज दिउँसो साढे १ बजेतिर एक चार्टर्ड विमान दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको ज्यान गएको बताइएको छ ।
दुर्घटनामा सडकमा हिँडिरहेका पैदलयात्री पनि मारिएको बताइएको छ । विमान मुम्बइको घाटकोपरको सर्वोदयनगर इलाकामा दुर्घटना भएको भारतीय मिडिया आजतकले उल्लेख गरेको छ । विमानमा १ पाइलट र ३ यात्रु गरी ४ जना सवार भएकोमा सबैको मृत्यु भएको र जमिनमा हिँडिरहेका १ जनाको पनि मृत्यु भएको बताइएको छ ।
विमान जुहु विमानस्थलतर्फ बढिरहेका बेला बिल्डिङमा ठोक्किएको बताइएको छ ।
१४ असार २०७५, बिहीबार १६:४८ प्रकाशित