सौभाग्य ! पाइलटले विमानलाई रोस्तोव विमानस्थालमा सुरक्षित अवतरण गराए । विमानमा कति जना सवार थिए भन्ने बाहिर आएको छैन तर विमानस्थलले विमानमा भएका सबै यात्रु सुरक्षित भएको जनाएको छ । बेलायती सन्चारमाध्यम द गार्जियनका अनुसार विमानको बाहिरी भागमा पहिले आगो देखिएको थियो । यो घटनाका केही भिडियो अहिले सामाजिक सन्जालमा भाइलर भएका छन् । ती भिडियो विमानभित्रैबाट कैद गरिएको बताइएको छ । तर, उता, विमानस्थालले विमानमा आगो नलागेको भइ केही प्राविधिक समस्या आएको बताएको छ । उता, साउदी अरब फुटबल फेडेरेसनले ट्विट गरेको छ, ‘हामी सबैलाई आश्वस्त पार्न चाहन्छौँ कि विमानमा प्राविधिक समस्या देखिएको हो र सबै खेलाडी सुरक्षित छन् ।’