किन सधैं विवादमा तानिन्छिन् मेलानिया ट्रम्प ?
  • काँचुली खबर

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प आफ्ना पति राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका स्टाफसँगको झगडाका कारण अहिले चर्चामा छन् । करिब १२ वर्षअघि मात्रै अमेरिकी नागरिक बनेकी मेलानियाका बारेमा के भनिन थालेको छ भने उनी सन् १९८७ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनकी पत्नी नान्सी रेगनले आफ्ना पतिलाई कर्मचारीको बारेमा पोल लगाएकै शैली अहिले पछ्याउन थालेकी छन् ।

गएको मंगलबार मात्रै मेलानियाको सचिवालयले राष्ट्रिय सुरक्षा उपसल्लाहकार मिरा रिकार्डेललाई नै बर्खास्त गर्न आग्रह गर्‍यो । प्रथम महिलाका प्रवक्ता स्टेफानी गृसामले वक्तव्य नै जारी गरेर रिकार्डेल ह्वाइटहाउसमा काम गर्न डिजर्भ गर्ने खालकी नरहेको बताएकी थिइन् । मेलानियाका कर्मचारीहरुले रिकार्डेललाई ‘फायर’ गरेको नभइ आफैं आफ्नो सिट खाली गरेर जान भनिएको बताएका छन् ।

 

स्रोत : १२खरी

  • २९ कार्तिक २०७५, बिहीबार १३:५३ प्रकाशित
  • Nabintech