५ जेष्ठ २०८१, शनिबार
श्रीलंकाका हिन्दू मन्दिरमा पशुबलि रोक
  • काँचुली खबर

श्रीलंकाली सरकारले हिन्दू मन्दिरमा पशुपक्षीको बलि दिन रोक लगाएको छ । सरकारका एक प्रवक्ताले बताएअनुसार हिन्दूको धार्मिक मामिला मन्त्रालयले यस प्रस्तावलाई अगाडि बढाएका थिए । जसलाई उदारवादी अधिकारकर्मीहरुले समर्थन जनाएका थिए ।

केही हिन्दू धर्मावलम्बी देवीदेवतालाई खुसी बनाउनका लागि मन्दिरमा बाख्रा, भैंसी, कुखुरालगायतको बलि चढाउँछन् । बहुसंख्यक हिन्दू धर्मावलम्बीहरुले बलि दिन पाउनुपर्ने भन्दै यसको विरोध गर्दै आइरहेका छन् आलोचकहरुले बलि दिनु अमानवीय भएको भन्दै यसको समर्थन गरिरहेका छन् ।

हिन्दूहरुले मात्रै नभएर मुसलमानले समेत पशुबलि दिने गर्दछन् । पशु अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरु पशुबलिलाई अमानवीय मान्छन् । सबै हिन्दू पशुबलि दिँदैनन् तर बलि दिनेहरु धार्मिक स्वतन्त्रताविरुद्ध सरकार लागेको बताउँछन् । प्राचीन समयदेखि नै चल्दै आएको परम्परा धार्मिक आस्थासँग जोडिएको विषय भएकाले यसलाई कानुनी प्रतिबन्ध लगाउन नहुने तर्क हिन्दूूवादीहरुको छ ।

जनसंख्यामा तेस्रो स्थानमा रहेका मुस्लिम समुदायलाई पशुबलिमा रोक लगाइएको छैन, तर हिन्दूहरुलाई मात्र यस किसिमको प्रतिबन्ध लगाउँदा श्रीलंकाको सरकार धार्मिक रुपमा अनुदार भएको आरोप लगाइएको छ । श्रीलंकामा धार्मिक हिंसाका घटना बढ्दै गइरहेको छ । सन् २०१८ को मार्च महिनामा मुसलमानविरोधी दंगामा तीनजनाको मृत्यु भएको थियो भने ४ सय ५० घर ध्वस्त भएका थिए ।

  • २८ भाद्र २०७५, बिहीबार १३:१९ प्रकाशित
  • Nabintech