१५ चैत्र २०८०, बिहीबार
फ्रान्सका केलियन एम्बाप्पेले पाए पेलेको उपनाम
  • काँचुली खबर

काठमाडौं । फ्रान्सका केलियन एम्बाप्पेले पेले पछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका छन् । फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर विश्वकप जित्दा एम्बाप्पेले पनि गोल गरेका थिए । १९ वर्ष २०७ दिनका एम्बाप्पे पेले पछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी हुन् ।

सन् १९५८ को विश्वकपमा गोल गर्दा पेले १७ वर्ष २४९ दिनका थिए । यस अघि उनले विश्वकपको एकै खेलमा दुई गोलको पेलेको रेकर्ड पनि बराबरी गरेका थिए । यसरी हेर्दा फ्रान्सको पेलेका उपनाम पाएका एम्बाप्पे साँच्चै पेलेलाई पछ्याइहेको देखिन्छ । उनले रुस विश्वकपकै उत्कृष्ट युवा खेलाडी समेत घोषित भएका छन् ।

  • ३२ असार २०७५, सोमबार १०:५७ प्रकाशित
  • Nabintech