१३ बैशाख २०८१, बिहीबार
बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फाइनलमा
  • काँचुली खबर

काठमाडौं/ रुस विश्वकपको पहिलो सेमिफाइनलमा बेल्जियमलाई १-० ले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा पुगेको छ । अब उसले फाइनल खेल इंग्ल्यान्ड र क्रोएशियाबीच आज (बुधबार) हुने खेलको विजेतासँग खेल्नेछ । यो विश्वकपमा बेल्जियमको यो पहिलो हार हो ।

मंगलबार भएको खेलमा दुवै टिमले सुन्दर फुटबल प्रदर्शन गरे । खेलको पहिलो हाफमा दुवै टिमले बारम्बार प्रयास गर्दा पनि गोल गर्न सकेका थिएनन् । फ्रान्सका स्यामुयल उमटिटीले खेलको ५१ औं मिनेटमा ग्रिजमेनले प्रहार गरेको कर्नर किकबाट आएको बललाई हेडमार्फत् बेल्जियमको गोलपोस्टको जाली चुमाए । यो विश्वकपमा हेडरमार्फत् गरिएको यो ३२ औं गोल हो । यसअघि सन् २००२ मा पूरै विश्वकपमा ३५ गोल हेडरमार्फत् भएको थियो । फ्रान्सका लागि यो विश्वकपमा ३ गोल र २ एसिस्ट गरेका छन् । उमटिटीको यही गोलले फ्रान्सलाई फाइनलमा पुर्याएको हो ।   खेलमा अधिकांश समय बल बेल्जियमकै नियन्त्रणमा थियो । लगभग दुई तिहाई समय बलमाथि नियन्त्रण जमाएपनि बेल्जियमले गोलपोस्ट मा प्रहार चाहिँ अत्यन्त कम गर्यो ।

 

 

 

 

 

 

 

 

 

 

 

खेलभर बेल्जियमले नौ प्रयासमात्र गरेको थियो । अर्कोतिर बलमाथि नियन्त्रण अत्यन्त कम भए पनि फ्रान्सले यो खेलमा गोल गर्ने १९ प्रयास गर्यो । सन् १९९८ मा विश्वकप जितेको फ्रान्स त्यसपछि फाइनलमा पुगेको यो दोस्रो पटक हो । यसअघि सन् २००६ मा फ्रान्स फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । 

 

 

 

 

 

 

 

 

 

 

 

 

पछिल्ला ६ विश्वकप तथा २० वर्षमा सबैभन्दा धेरै पटक फाइनलमा पुग्ने टिम अब फ्रान्स भएको छ । सन् १९९८ यता योसहित फ्रान्स विश्वकप फाइनलमा ३ पटक पुगेको छ ।

  • २७ असार २०७५, बुधबार ०७:१२ प्रकाशित
  • Nabintech