१३ बैशाख २०८१, बिहीबार
यस्तो छ विश्वकपको नकआउट चरणमा खेल्ने बल !
  • काँचुली खबर

विश्वकप फुटबलको आधिकारिक निकाय फिफाले जारी विश्वकपको नकआउट चरणमा खेल्ने बल सार्वजनिक गरेको छ । जसको नाम टेलस्टार मेस्टा १८ दिइएको छ । समूह चरणका खेलमा एडिडासको टेलस्टार १८ प्रयोग भइरहेको छ । तर, नकआउट चरणका खेलमा एडिडास टेलस्टार मिस्टा १८ प्रयोग हुनेछ ।

नयाँ बलमा सेतो रंगसँगै रातो र कालो मिक्स रंगको प्रयोग गरिएको छ । जसलाई रसियाको राष्ट्रिय रंगबाट प्रभावित भएको मानिएको छ । बलको रंगले नकआउट चरणका खेलले सृजना गर्ने गर्मीलाई संकेत गर्ने बताइएको छ ।
शनिबारबाट सुरु हुनलागेका नकआउट चरणका खेलमा पहिलो पटक उक्त बलको प्रयोग हुनेछ । फिफाले उक्त बललाई नजिकैको सञ्चार चिपमा जडान गर्ने र उक्त बल स्मार्टफोन प्रयोगकर्तासँगको सम्पर्क रहने बताएको छ ।

  • १५ असार २०७५, शुक्रबार ०६:५२ प्रकाशित
  • Nabintech