१६ चैत्र २०८०, शुक्रबार
४४ वर्षपछि सर्बिया–ब्राजिल आमने–सामने, कसले जित्ला ?
  • काँचुली खबर

आज हुने विश्वकपको खेलमा सर्बिय र ब्राजिल एकअर्कासँग मैदानमा भिड्दै छन् । अहिलेसम्म यी दुई टिमले १८ खेल खेलेका छन् । यीमध्ये ९ खेल ब्राजिलले जितेको छ भने २ खेलमात्र सर्बियाले जितेको छ ।

यी दुई टिम यसअघि सन् २०१४ मा रियो दि जेनेरियोमा भएको विश्वकपमा वार्म अप खेल खेलेका थिए । त्यो खेलमा ब्राजिलले सर्बियालाई १–० ले हराएको थियो । विश्वकपमा दुवै टिमबीच अहिलेसम्म ४ खेल भएका छन् । यसमा एक खेल सर्बियाले र १ खेल ब्राजिलले जितेका छन् ।

त्यसैले आजको खेल रोमान्चक हुने अपेक्षा छ ।

ब्राजिलले यो खेल हारेको खण्डमा र यही समूहको स्विट्जरल्यान्डले कोस्टारिकासँगको खेल जितेको खण्डमा ब्राजिल यसपटक विश्वकपको अन्तिम १६ जानबाट वन्चित हुनेछ । सर्बियाले खेल जितेमा ऊ अन्तिम १६ मा जाने निश्चित छ । त्यसैले आजको खेल यी दुवै टिमका लागि निकै महत्वपूर्ण छ । दुवै टिम समूह ईको शीर्ष स्थानमा पुग्न पनि सक्छन् अथवा दोस्रो हुनसक्छन् वा बाहिरिन पनि सक्छन् ।

ब्राजिलले आजको खेलमा यसअघिको प्लेइङ सेटमा केही पनि परिवर्तन गर्दै छैन । उता, सर्बियाका ६ खेलाडीले पहेँलो कार्ड पाइसकेकाले ऊ चिन्तित देखिन्छ ।ब्राजिलका डिफेन्डर फाग्नरले भनेका छन्, ‘मलाई थाहा छ, हामीले विश्वकप छनोट र मैत्रीपूर्ण खेलमा गरेको प्रदर्शनले सबै आशावादी भएका छन् । हाम्रा विपक्षीले पनि निकै राम्रोसँग तयारी गरेका छन् । तर, हामीले यो खेल जित्ने छौँ, हामीमा यसअघिको खेल जितेकाले कन्फिडेन्स बढेको छ ।’ उता, सर्बियाका कोच क्र्स्टाजिकले भनेका छन्, ‘यसअघि पनि ब्राजिलले एक खेल बराबरीमा खेलिसकेको छ । हामीले उसका सबै खेल हेरेका छौँ । हामीलाई थाहा छ, यसपटक हामीले जसरी पनि जित्नै पर्ने छ । जीवनमा असम्भव केही पनि हुँदैन ।’

  • १३ असार २०७५, बुधबार १७:५५ प्रकाशित
  • Nabintech