१३ बैशाख २०८१, बिहीबार
पत्रकार राजु थापा र उनको कार्यक्रमबारे सञ्चार मन्त्रीले दिए संसदमै जवाफ
  • काँचुली खबर

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सार्वजनिक सञ्चार माध्यममा सरकारले हस्तपक्षेप नगरेको स्पष्ट पार्नुभएको छ ।

आफ्नो मन्त्रालय अन्तर्गत विनियोजित बजेटका बारेमा संघीय संसदमा उठेका प्रश्नको जवाफ दिदै उहाँले यस्तो बताउनुभएको हो । सार्वजनिक सञ्चारमाध्यममा सरकारले हस्तक्षेप गरेको भन्ने आवाज उठेको भन्दै उहाँले त्यसो नभएको स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि कार्यक्रम पनि बन्द नगरिएको पनि जानकारी गराउनुभयो । नेपाल टेलिभिजनको कर्मचारी निकालिएको र कार्यक्रम हटाईएको भन्ने सम्बन्धमा उठेको प्रश्नमा उहाँले हुनै पनि कर्मचारी ननिकालिएको र कार्यक्रम पनि बन्द नगरिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “कोही पनि कर्मचारी निकालिएको छैन, कुनै पनि कार्यक्रम बन्द भएको छैन । ” एनसेलबाट चन्दा लिएको बारे आफूलाई जानकारी नभएको र करको सवालमा कुनै पनि किसिमको कानुनी उन्मुक्ति नदिने पनि उहाँले बताउनुभयो । नेपाल टेलिकमले सबै स्थान र सबै नेपालीको पहुँच पुग्ने गरी सेवा विस्तार गरेको तथा यसै बर्ष मात्रै ७ सय ३८ वटा टावर थप्न मन्त्रालयले निर्देशन दिईसकेको पनि बताउनुभयो ।

उहाँले मापदण्ड अनुसार पत्रकारिता क्षेत्र भन्दा बाहिरका संस्थालाई लोक कल्याणकारी विज्ञापन अन्तर्गत कुनै अनुदान नदिएको स्पष्ट पार्नुभयो । श्रमजीवी पत्रकार ऐनको कार्यन्वयन र न्युनतम पारिश्रमिक लागु गराउन समिति नै गठन भएको भन्दै त्यसको सफल कार्यान्वयनका लागि ठूला मिडियालाई घचघचाउने काम भईरहेको बताउनुभयो ।

नेपाली सञ्चारमाध्यमका प्रसारित हुने विज्ञापनमा नेपाली नै हुनुपर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै क्लिन फिटको व्यवस्था लागू भएपछि विस्तारै समाधान हुने बताउनुभयो । उहाँले सरकारले २ करोड पत्रकार वृत्तिकोषका लागि छुट्याएको र सो कोष सञ्चालनका लागि कार्यविधि र निर्देशिका पनि मन्त्रालयले तयार गरिसकेको जानकारी गराउनुभयो ।

 

  • १२ असार २०७५, मंगलवार १६:४० प्रकाशित
  • Nabintech