६ बैशाख २०८१, बिहीबार
एउटै ब्यक्तिको नाममा ४ कित्ताको स्रेस्ता कायम
  • काँचुली खबर

बैजनाथ गाउँपालिका वडा नं. ६ मा रहेको ५ सय ३० कित्ता मध्ये निवेदन दिएका २८ जनाको मात्र कित्ताको स्रेस्ता कायम गरिएको छ । स्रेस्ता कायम गर्दा एउटै ब्यक्तिको नाममा ४ वटा कित्ता समेत कायम गरिनु आर्थिक लाभमा परेर मालपोत अधिकृतले यस्तो गरेको हुनसक्ने स्थानियहरुले बताएका छन ।
स्थानिय देबबहादुर खत्रीको नाममा कित्ता नं. २४२, १८१, २१५ र २१६ रहेका छन । त्यस्तै अन्य कतिपयका नाममा २÷२ वटा कित्ताको स्रेस्ता एउटै ब्यक्तिलाई दिनु मिलेमतोको प्रमाण रहेको बैजनाथ गाँउपालिकाका प्रमुख मानबहनदुर रुचालले बताएका छन ।
०७४ चैत्र १८ गते निवेदन दिएका र स्रेस्ता कायम गरिनुपर्ने ५ सय ३० जनामध्ये ०७५ जेठ ४ गते २८ जनाको मात्र स्रेस्ता कायम गरिनु, हुनेखानेहरुको नाममा मात्र स्रेस्ता कायम गरिनु, एउटै ब्यक्तिलाई ४ कित्ता सम्मको स्रेस्ता कायम गरिनुले भुमाफियाहरुको मिलेमतोमा यसो गरिएको हुनसक्ने अन्य ५ सय २ जना स्थानियहरुले बताएका छन ।
५ सय ३० जनाकै नाममा एकैपटक नाप, नक्सा र कित्ता काट गरिएकोमा २८ जनाले मात्रै जग्गा प्राप्त गर्नु बाँके मालपोत अधिकृत दिर्घबहादुर पोखरेलले आर्थिक चलखेल गरेको हुनसक्ने बैजनाथ गाँउपालिका कार्यालयले जनाएको
छ । सो बारे प्रदेश नं. ५ को प्रदेश सरकार र कृषि तथा भूमि ब्यवस्था मन्त्री समेतलाई जानकारी गराईएको
र ५ नं. प्रदेशकी भूमि ब्यवस्था मन्त्री आरती पौडेलले यस बारेमा तत्काल छानबिनको प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता जनाएको बैजनाथ गाँउपालिकाका प्रमुख रुचालले बताएका छन ।
जग्गा प्राप्त गर्नेहरुमा देबबहादुर खत्री, सेतबहादुर बुढा क्षेत्री, चित्र बहादुर खड्का, सिता बुढा, अशोक सुन्दर श्रेष्ठ, कृष्ण कुमार ज्ञवाली, भगवती रावत, नन्दकली खड्का, शंकर ज्ञवाली, मानबहादुर खत्री, पार्वती पुन मगर लगायत रहेका छन

  • २९ जेष्ठ २०७५, मंगलवार ०७:०५ प्रकाशित
  • Nabintech