१६ साउन, कोहलपुर । बैजनाथ गाउँपालिका-४ स्थित बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १० लाख ८६ हजार ८ सय ८७ रुपैयाँ खुद नाफा आर्जन गर्दै वित्तीय रूपमा उल्लेखनीय सफलता हासिल गरेको छ। अघिल्लो वर्ष करिब ६ लाख रुपैयाँ नाफा कमाएको सहकारीले यस वर्ष नाफामा करिब ९८ प्रतिशत वृद्धि गरेको हो।
२०७७ सालमा महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापना भएको सहकारीले हाल बैजनाथ गाउँपालिकाका चार वडामा कार्यक्षेत्र विस्तार गर्दै महिला सदस्यलाई उद्यमशीलता र आत्मनिर्भरतर्फ उन्मुख गराइरहेको छ। सहकारीलाई स्थापनाकालमा हेफर इन्टरनेशनलको सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्र (ओसिडिसी) ले प्रवर्द्धन गरेको थियो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सहकारीले खसी-बाख्रा पालन, उत्पादन र बजारीकरणलाई प्राथमिकता दिँदै आर्थिक वर्ष २०८२/८३ मा सदस्यहरूले उत्पादन गरेका १०८ वटा खसी-बाख्रा बिक्री गरी १९ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार गरेको सहकारीका प्रबन्धक प्रमोद रिजालले जानकारी दिए।
असार मसान्तसम्म सहकारीमा १ हजार ५ सय ६ जना शेयर सदस्य र १ हजार ४ सय १७ जना बचतकर्ता आबद्ध छन्। संस्थाको खुद बचत मौज्दात १ करोड २३ लाख ७९ हजार रुपैयाँ पुगेको छ भने २ करोड ३८ लाख ६१ हजार रुपैयाँभन्दा बढी कर्जा लगानी भएको छ।
विशेष कुरा, सहकारीबाट लघु उद्यमका लागि कर्जा लिएका ३ सय १८ जना सदस्यमध्ये कसैको पनि कर्जा भाखा नाघेको छैन। प्रबन्धक रिजालका अनुसार संस्थाको खराब कर्जा र उठ्न बाँकी ब्याज दुवै शून्य रहेको छ।
सहकारीकी अध्यक्ष कमला बुढाले गत वर्ष ४ लाख रुपैयाँ बराबरको भाखा नाघेको कर्जा पूर्ण रूपमा असुल गरी संस्थालाई खराब कर्जामुक्त बनाउन सफल भएको बताइन्।
सहकारीले पहिलो वर्ष उद्यम गर्न चाहने सदस्यलाई बिना धितो ३ लाख रुपैयाँसम्म र धितोका आधारमा १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको छ। उपाध्यक्ष तथा कर्जा उपसमिति संयोजक लिला कुमारी शाही चन्दका अनुसार सदस्यको व्यवसायको प्रकृति र आम्दानीको समयलाई आधार बनाएर किस्ता तालिका तय गरिने भएकाले कर्जा तिर्न सदस्यलाई सहज भएको छ।
सचिव शारदा शाहले सहकारीको शेयर पुँजी ५५ लाख ७३ हजार रुपैयाँ र बाह्य कर्जा ७० लाख ४५ हजार रुपैयाँ रहेको जानकारी दिइन्। उनका अनुसार संस्थाको खुद तरलता २९ लाख ३४ हजार रुपैयाँ पुगेको छ भने कर्मचारीहरूलाई न्यूनतम तलब-भत्ता र सामाजिक सुरक्षा कोषको सुविधा समेत उपलब्ध गराइएको छ।
कोषाध्यक्ष सीता कुमारी थारुले यस वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत ४० हजार रुपैयाँ छात्रवृत्ति वितरण, सुतैया ताल क्षेत्रमा वृक्षारोपण, सञ्चालक तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि अध्ययन भ्रमण तथा किसानलाई ३१८ बोरा युरिया, डीएपी र पोटास वितरण गरिएको जानकारी दिइन्।
सहकारीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्ने तयारीसमेत गरेको छ। बाह्य लेखापरीक्षण र साधारणसभापछि शेयर सदस्यलाई अघिल्लो वर्षको तुलनामा करिब ९८ प्रतिशत बढी लाभांश वितरण गर्ने लक्ष्य राखिएको छ। साथै आगामी आर्थिक वर्षमा १५ लाख रुपैयाँ खुद नाफा गर्ने लक्ष्यसहित मलखाद, पशुदाना, खसी-बोका खरिद-बिक्री तथा लघु उद्यम कार्यक्रमलाई थप प्रभावकारी बनाइने प्रबन्धक रिजालले बताए।
१६ श्रावण २०८३, शनिबार १७:२० प्रकाशित