१८ बैशाख २०८१, मंगलवार
विश्वकपका रेफ्रीः कोही पहिलेका शिक्षक, कोही अभिनेता
  • काँचुली खबर

रुसमा विश्वकप २०१८ सुरु भइसकेको छ । यसका रोमान्चक खेलहरुले विश्वका फुटबल प्रशंसकको ध्यान तानिरहेको छ । विश्वकपका मैदानमा खेलाडी बाहेक रेफ्रीले पनि फुटबल प्रशंसकको ध्यान तानिरहेका हुन्छन् । यो विश्वकपमा ३६ रेफ्री छन् । र, ती रेफ्रीको पृष्ठभूमी अत्यन्त रोचक छ । यीमध्ये केही रेफ्री पहिले शिक्षक थिए त कोही अभिनेता थिए । केही रेफ्रीबारे जानकारीः

नेस्टर पिटानाः

नेस्टर फिफामा आउनुभन्दा पहिले अभिनेता थिए । हट्टाकट्टा देखिने नेस्टर स्पोर्ट्स शिक्षक पनि थिए । उनले बच्चाहरुलाई पहिले जिम्न्यास्टिक सिकाउँथे । उनले फिफामा रेफ्रीका रुपमा सन् २०१४ बाट जोडिएका हुन् ।

मार्क गाइग :

अमेरिकाका मार्क टाइगर पनि फिफामाआवद्ध हुनुभन्दा पहिले शिक्षक नै थिए । ट्रेन्टन स्टेट कलेजबाट शिक्षणबारे अध्ययन गरेपछि उनी न्यूजर्सीको एउटा स्कुलमा गणित पढाउँथे । मार्क गणित र विज्ञानका विशेषज्ञ नै पनि मानिन्छन् । उनलाई सन् २०१० मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्मानसमेत गरेका थिए । सन् २०१४ बाट उनी फिफामा जोडिए ।

ब्र्यान कायपर्सः

नेदरल्यान्ड्सका ब्र्यान कायपर्सका बुवा पनि पहिले फुटबलका रेफ्री नै थिए । आफ्नै बाबुबाट प्रेरित भएर कायपर्स रेफ्री बनेका हुन् । उनी  खासमा व्यवसायी हुन् । उनको एउटा सुपरमार्केट नेदरल्यान्ड्समा चलेका सुपरमार्केटमा गनिन्छ । उनको कपाल काट्ने पसल पनि छ ।

रवसान इरमातोवः

उजबेकिस्तानका रवसान इरमातोव २०१० तथा २०१४ मा पनि विश्वकपमा रेफ्री बनेका थिए । उनका बाबु पनि रेफ्री नै थिए । रवसान खेलमा लागेका थिए तर चोटका कारण उनको खेल जीवन अगाडि बढ्न सकेन । त्यसपछि उनलाई रेफ्री बन्न बाबुले सल्लाह दिएका थिए । तर, सुरुमा उनले बाबुको यो प्रस्ताव अस्विकार गर्दै बच्चाहरुलाई पढाउन थाले । उनका बाबुले एउटा खेलमा यत्तिकै उनलाई रेफ्री बनाएका थिए। त्यसपछि उनी यही पेसामा लागे । रवसान फिफाका सबैभन्दा एलिट रेफ्री मानिन्छन् ।

  • १० असार २०७५, आईतवार १८:५१ प्रकाशित
  • Nabintech