१४ बैशाख २०८१, शुक्रबार
नेपालको एेतिहासिक जित, नेदरल्याण्ड एक रनले पराजित
  • काँचुली खबर

काठमाडौँ – दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल विजयी भएको छ । शुक्रबा र नेदरल्यान्ड्सस्थित एमस्टलभिन मैदानमा आज भएको खेलमा घरेलु टोली नेदरल्याण्डलार्इ १ रनले पराजित गरेको हो । अन्तिम समयमा निकै प्रतिस्पर्धातमक देखिएको खेलमा अन्ततः नेपालले १ रनको जित हात पार्यो ।

सोमपाल कामी आजको खेलमा प्लेयर अफ त म्याच भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनाएको थियो । २ सय १७ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेदरल्याण्ड अन्तिम ओभरमा २ सय १५ रन बनाउँदा अल आउट भयो ।

नेपाललार्इ जिताउन सन्दिप लामिछानेले सर्वाधिक ३ वीकेट लिए । ललित भण्डारीले २ वीकेट लिए भने कप्तान पारस खड्का, सोमपाल कामी, बसन्त रेग्मी र दिपेन्द्रसिंह एेरीले समान एक एक वीकेट लिए ।

यसअघि ब्याटिङ तर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन् । त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि अर्धसतक प्रहार गरे । ६९ बल खेलेका उनले दुई छक्का र ६ चौका प्रहार गरे ।

सुवास खकुरेल १९, दीपेन्द्रसिंह ऐरी १९, अरिफ शेख १६, उपकप्तान ज्ञानेन्द्र मल्ल १३, सन्दीप लामिछाने ८, अनिलकुमार साह ४, ललित भण्डारी ४, रोहितकुमार पौडेल ६ तथा बसन्त रेग्मीले एक रनमात्र जोडे ।

  • १९ श्रावण २०७५, शनिबार ०८:३२ प्रकाशित
  • Nabintech