एजेन्सी । युरोपेली मुलुक डेनमार्कले घरेलु चौपायाको पादको कर लिने भएको छ । चौपायाहरूले उत्पादन गरेको हरित गृह ग्याँसको कर लिने क्रममा यस्तो लागू गर्न लागिएको हो ।
रुसी विश्व च्यानल आरटीका अनुसार यो नियम सन २०३० बाट लागु हुनेछ । डेनमार्कका करमन्त्री जेप्पे ब्रुसले गाई, सुँगुर, भेडाबाख्रा लगायतमा यस्तो कर लगाउन लागेको बताएका हुन् ।
कार्बन उत्सर्जन ७० प्रतिशत घटाएर सन १९९० को तहमा पुर्याउन यस्तो नियम लागु गर्न लागेको बताइएको छ ।
सन २०४५ भित्र कार्बन तटस्थ हुनको लागि यस्तो गरिएको मन्त्रीले बताएका छन् ।
२२ असार २०८१, शनिबार १९:२६ प्रकाशित