१५ चैत्र २०८०, बिहीबार
जर्मनीमा ‘प्रवासमा नेपाली साहित्य उत्सव २०१८’ सम्पन्न (तस्बिर सहित)
  • काँचुली खबर

गैरअवासीय नेपाली संघ जर्मनी र क्षेत्रिय समन्वय परिषद् हेसनले ‘प्रवासमा नेपाली साहित्य उत्सव २०१८’ सम्पन्न गरेको छ ।
जुलाई २२ का दिन फ्रान्कफर्टमा आयोजित उक्त साहित्यीक कार्यक्रममा नेपालबाट उपस्थित साहित्यकारद्धय डा. रबिन्द्र समिर र अमर न्यौपानेसँग एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछानेको अन्तरक्रिया कार्यक्रम रहेको थियो भने जर्मनीमा रहेका आफ्नो कृति प्रकाशनका बारेमा राजेश आचार्यसँग गरिएको संवाद पनि उपस्थित दर्शकहरुको केन्द्रबिन्दुका रुपमा रहेको थियो ।

संघका अध्यक्ष विजय मोक्तानको सभापतित्व, संघका सल्लाहकार खड्ग न्यौपानेको संचालन, उपाध्यक्ष किरण सिग्देलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा समिक्षा र प्रतिक्षा पोखरेलको स्वागत नृत्यको निकै प्रसंसा भएको थियो । कार्यक्रममा उत्कृष्ठ ७ वटा कविताहरु बाचन गरिएको थियो । जसमा मनोज बाबु पनेरुको ‘बुवालाई चिठ्ठी’ सर्वोत्कृष्ठ रचनाको रुपमा छनोट हँुदै पुरस्कार हात पारेको थियो । साथै कवि तथा लेखकहरु क्रमश, कला पन्त, रविन लामिछाने, उमेश खड्का, शान्ती तुलाधर लगायत नेदरल्याण्डबाट उपस्थित हरि पौडेल र आर के सुबेदी रहेका थिए ।  

 

त्यस्तै संघका युवा संयोजक रबिन लामिछानेको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा साहित्यिक कार्यक्रममा प्रवासमा रहेर नेपाली लेखनमा योगदान पुराएका श्रष्टा जिबा लामिछानेलाई कदरपत्र र दोसलला सहित सम्मान गरिएको थियो । 

गैरआवासिय नेपाली संघ जर्मनीले सुरु गरेको एनआरएनए जर्मनी लिट्रेचर अर्वाड २०१८ बाट डा रबिन्द्र समिर र मदन पुरस्कारबाट बिभुषित अमर न्यौपानेलाई प्रदान गरिएको थियो ।   अध्यक्ष मोक्तानले कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यप्रेमी, एनआएनए जर्मनीका पूर्व र बर्तमान कमिटीका सम्पूर्ण पदाधिकारी, एलसीसी हेसनका सहयोगी साथीहरु तथा सम्पूर्ण दाताहरुमा धन्यवाद सहित हार्दिक आभार व्यक्त गरेका छन् ।

  • ९ श्रावण २०७५, बुधबार १३:३८ प्रकाशित
  • Nabintech