२४ बैशाख २०८१, सोमबार
हलिउड अभिनेता जेट ली काठमाडौंमा
  • काँचुली खबर

७ माघ, काठमाडौं । विश्वचर्चित अभिनेता जेट ली काठमाडौंमा छन् । बौद्ध दर्शनको कक्षा लिन भन्दै उनी काठमाडौं आएका हुन् । बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिने उद्देश्यले उनी काठमाडौं आएका हुन् ।

जेट लीसँगै शनिबार अभिनेत्री मनिषा कोइराला पनि बौद्ध गुम्बा पुगेकी थिइन् । रिम्पोछेले बौद्ध गुम्बामा दुई दिनसम्म दिएको बौद्ध कक्षामा अभिनेता जेट ली सहभागि थिए । उनी छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन् ।

सन् २०२३ को क्रिसमस मनाउन पनि जेट ली काठमाडौंमा आइपुगेका थिए ।

  • ७ माघ २०८०, आईतवार १८:१८ प्रकाशित
  • Nabintech