कोहलपुरमा खुल्ला एकल लोकगीत प्रतियोगिता हुने
  • काँचुली खबर

२ जेठ, काेहलपुर । नेपाली मौलिक लोकसंस्कृति, लोकभाका तथा लोकसंगीतको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र नयाँ प्रतिभाको खोजी तथा प्रोत्साहन गर्ने उद्देश्यले “प्रथम बाँके खुल्ला एकल लोकगीत प्रतियोगिता” हुने भएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा बाँकेकाे आयाेजनामा यहि जेठ १५ गते काेहलपुर-११ खुल्ला मैदानमा प्रतियोगिता हुने भएकाे हाे । शनिबार पत्रकार सम्मेलन मार्फत आयाेजकले प्रतियोगिता बारे जानकारी दिएकाे हाे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आयोजकका अनुसार प्रतियोगिता साँझ ४ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा बाँकेसहित देशका विभिन्न जिल्लाबाट लोकगायक-गायिका, सर्जक, कलाकार तथा सांस्कृतिककर्मीहरूको सहभागिता रहने छ ।

प्रतियोगितामार्फत नेपाली मौलिक लोकभाकाको संरक्षण गर्दै नयाँ पुस्तालाई लोकगीत तथा लोकसंस्कृतिप्रति आकर्षित गर्ने लक्ष्य राखिएको आयाेजक संस्थाका अध्यक्ष बिरेन्द्र सिह ठकुरीले जानकारी दिए । आधुनिकता, प्रविधिको तीव्र विकास तथा विदेशी संस्कृतिको प्रभावका कारण नेपाली मौलिक लोकसंस्कृति क्रमशः ओझेलमा पर्दै गएको अवस्थालाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गर्न लागिएकाे ठकुरीले बताए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद रू. ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार तथा सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई जनही ५/५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको ठकुरीले जानकारी दिए ।

बाँके जिल्ला बाहिरबाट प्रतियोगितामा सहभागी हुने कलाकारहरूको आवास तथा भोजनको व्यवस्था आयोजक संस्थाले गर्ने जनाईएको छ ।

  • २ जेष्ठ २०८३, शनिबार १८:१६ प्रकाशित
  • Nabintech