२४ बैशाख २०८१, सोमबार
फिल्म ‘एक्टर’ बाट कमब्याक गर्दै नायक राजबल्लभ
  • काँचुली खबर

२५ पुष, काठमाडौं । प्रदीप खड्काको आगामी फिल्म ‘एक्टर’को शीर्ष नायिकामा आना शर्मा अनुबन्धित भएकी छन् । आनासँग केही दिनअघि लिखित सम्झौता भएको निर्माता थमन भण्डारीले जनाए । सोही फिल्मबाट नायक राजबल्लभ कोइरालाले कलिउडमा कमब्याक गर्ने भएका छन ।

अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालासँग लिखित सहमति हुन बाँकी रहेको भण्डारीले बताए । ‘राजबल्लभजीले स्क्रिप्ट मन पराउनुभएको छ । उहाँले ओके भनेर फिल्मको सेड्युल माग्नुभएको छ । हामी सेड्युल मिलाउँदैछौं,’ भण्डारीले भने, ‘उनले खेल्ने निधो भएको छ ।’

राजबल्लभका लागि निर्माताले २० दिनको छायांकन तालिका तय गरेका छन् । यदि कोइराला फिल्मसँग जोडिए यो उनको कमब्याक फिल्म हुनेछ । कोइरालाको पछिल्लो फिल्म ‘हे युवा’ सन् २०१५ मा रिलिज भएको थियो ।

वैशाख पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मलाई आगामी तिहारमा प्रदर्शनको तयारी छ । फिल्ममा राजेश हमालले केमियो रोल गर्ने पक्का भएको छ ।

फिल्ममा दुई अभिनेत्री हुने र त्यसमध्ये एक जना आना हुने जनाइएको छ । अर्की अभिनेत्रीको खोजी भइरहेको छ । फिल्मले नेपाली चलचित्र क्षेत्रकै हिरोको कथा पेश गर्ने उनले जनाए । ‘स्टाइलिस ढंगले फिल्म प्रस्तुत गर्न लागेका हौं,’ भण्डारीले भने ।

‘पण्डित बाजेको लौरी’पछि थमनको कम्पनी अदृत फिल्म्सको यो दोस्रो प्रोजेक्ट हुनेछ । यो फिल्मलाई राजन भुसालले निर्देशन गर्दैछन् ।

  • २५ पुष २०८०, बुधबार १७:०७ प्रकाशित
  • Nabintech