२४ बैशाख २०८१, सोमबार
नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा साउथ भिलेन कबीर दुहानको ईन्ट्रि
  • काँचुली खबर

१२ पुष, काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’ को यतिबेला चितवनको विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । फिल्म सेटमा अभिनेत्री बिपना थापा बुधबारदेखी जोडिएकी छिन ।

यसैबिच फिल्ममा साउथ (दक्षिण भारतीय) अभिनेता कबीर दुहान सिंह पनि भित्रिएका छन् । अभिनेत्री तथा फिल्मकी निर्माता निता ढुङ्गानाले सिंह फिल्ममा भित्रिएको जानकारी दिएकी हुन् ।

सिंह तेलुगू, तमिल र कन्नड फिल्ममा नेगेटिभ भूमिकामा देखिँदै आएका छन् । ‘किक २’, ‘वेदालम’, ‘जिल’, ‘कञ्चना ३’ लगायत दुई दर्जन बढी फिल्म उनको अभिनय छ ।

चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार सिंहको अलवा ब्रह्मानन्दम, अली, प्रदीप रावत, सुनिल वर्मा पनि रहनेछन् । नेपालीमा भने निता ढुङ्गाना, हरिहर अधिकारी, बिपना थापा, गरिमा शर्मा, सरोज खनाल, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकारलगायतको अभिनय रहनेछ ।

पहिलो चरणको छायाङ्कन भारतस्थित रामोजी फिल्म सिटीमा गरेको फिल्मले दोस्रो चरणको छायाङ्कन चितवनमा थालेको हो । फिल्मलाई भारतका विभिन्न भाषामा स्वराङ्कन गराउने तयारी छ । भारतमा ओटिटी प्लेटफर्ममा मात्र रिलिज हुने फिल्म नेपालमा भने यो वर्षको अन्त्यमा ल्याउने तयारी छ ।

  • १२ पुष २०८०, बिहीबार १६:१९ प्रकाशित
  • Nabintech