५ जेष्ठ २०८१, शनिबार
एनिमल लुक्सकालागी बबीको ४ महिने कठोर ट्रेनिङ
  • काँचुली खबर

१० मंसिर, काठमाण्डौं । रणवीर कपुरको मुख्य अभिनय रहेको एनिमलको यतिबेला निकै चर्चा छ । फिल्ममा रणवीरको अभिनय र बबी देओलको बडी र इन्टेन्स लुक दुवैको चर्चा व्यापक भइरहेको छ ।

एनिमलमा बबी देओल नकारात्मक भूमिकामा देखिँदै छन् । भिलेन लुकका लागि उनले ४ महीना कठोर ट्रेनिङ गरेका थिए । सो अवधिमा उनले आफूलाई मनपर्ने मिठाई छुँदै छोएनन् । निर्देशक संदीप रेड्डी वांगाले बबीलाई रणवीरभन्दा शक्तिशाली देखिनुपर्ने शर्त राखेका थिए ।

यही लुकलाई पर्फेक्ट बनाउन बबीले कडा खालको डाइट फलो गरेको उनका पर्सनल टे«नरले बताएका छन् । फिल्मका लागि उनलाई तौल बढाउनु थियो । यो अवधिमा उनी बिहान उठ्ने बित्तिकै अण्डा खान्थे । कार्बोहाइड्रेट्सका लागि जाउलो, कुखुराको मासु र भात खान्थे । साँझमा सलाद र रातिको भोजनमा कुखुराको मासु वा माछा खान्थे । यो डइटलाई उनले ४ महिनासम्म फलो गरे ।

बडीमा बोसोको मात्रा घटाएर बजनलाई ९० केजीमा कसिलो पार्न ट्रेनर र बबीले निकै मेहनत गरेका थिए । एनिमल फिल्ममा बबीको एउटा पनि डाइलग छैन । मिडिया रिपोर्ट्सका अनुसार फिल्ममा बबीको पात्र निकै युनिक छ । फिल्मको टिजरमा उनी निकै खुङ्खार देखिन्छन् । फिल्ममा निर्देशकले चाहेको जस्तो बडी लुकका लागि उनले निकै मेहनत गरेका थिए । हरेक दिन १ घण्टा वेट ट्रेनिङ हुन्थ्यो । बिहान र साँझ ४० मिनेट इन्टेनस कार्डियो गर्थे ।

  • १० मंसिर २०८०, आईतवार १६:१७ प्रकाशित
  • Nabintech