विश्वकप छनोटमा युएई ५ विकेटले विजयी
  • काँचुली खबर

१३ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालमा आज (सोमबार) बाट शुरु भएको आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटमा विजयी शुरुवात गरेको छ।

मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बहराइनलाई ५ विकेटले पराजित गर्दै युएईले छनोटमा विजयी शुरुवात गरेको हो । बहराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

उसका अलि नासिरले २६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ४८, अलिशान सराफुले २७, आसिफ खानले २३ र कप्तान मोहम्मद वासिमले १२ रनको योगदान दिए ।

बलिङ्गमा बहराइनका लागि रिजवान बटले २ तथा साथैया वीरपाथिरान, अब्दुल माजिद र सचिन कुमारले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १३५ रनको योगफल तयार पारेको थियो ।

उसका लागि बहराइनका लागि हैदर बटले ४३ बलमा ५ चौका र २ छक्काको सहयोगमा अविजित रहँदै ५९ रनको अर्धशतीय इनिङ खेल्दा सोहिल अहमदले २८ तथा जुनैद अजिजले २५ रन जोडे।

युएईका लागि जुनैद सिद्धिकी र आयन अफ्जल खानले समान २(२ तथा अली नासिर र कार्तिक मैयप्पनले समान १-१ विकेट लिए ।

जितसँगै समूह ‘बी’ को युएईले दुई अंक जोड्दा बहराइनले हारबाट छनोटको शुरुवात गरेको छ । युएईले अब मंगलबार कुवेत तथा बहराइनले हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

  • १३ कार्तिक २०८०, सोमबार १३:५९ प्रकाशित
  • Nabintech