५ जेष्ठ २०८१, शनिबार
अभिनेत्री निरुता सिंहले गरिन् बिहे
  • काँचुली खबर

१६ भदौ, काठमाण्डौं । अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । उनले आफुले मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेको फेसबुकमार्फत जानकारी दिएकी छन् ।

आफूलाई विवाह कहिले गर्ने भन्ने धेरै प्रश्न आएको भन्दै उनले गत बिहीबार अर्थात ३१ अगस्टमा विवाह गरेको बताएकी छन् । निरुताले आफूलाई माया गरेर आफूले अभिनय गरेका चलचित्रलाई सफल बनाइदिएकामा दर्शकहरुलाई धन्यवाद पनि दिएकी छन् ।

नेपाली दर्शकलाई भेट गर्न आफू छिट्टै नेपाल आउने पनि उनले फेसबुकमा लेखेकी छन् । कुनै समय नेपालकी लोकप्रिय अभिनेत्री निरुता सिंह पछिल्लो समय भारतमा बसोबास गर्दै आएकी थिइन् ।

तुलसी घिमिरे निर्देशित ‘दक्षिणा’ बाट नेपाली चलचित्रमा अभिनय सुरु गरेकी उनको दर्पण छाया, आफन्त, बन्धकी, दुई किनारालगायतका चलचित्र सफल थिए ।

  • १६ भाद्र २०८०, शनिबार १६:४९ प्रकाशित
  • Nabintech