६ जेष्ठ २०८१, आईतवार
‘एए २२’ मा देखिदैं अल्लु अर्जुन, १२ सय करोडमा फिल्म बन्दै
  • काँचुली खबर

१ साउन, काठमाण्डौं । साउथ अभिनेता अल्लु अर्जुन हालका दिनमा आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को सिक्वेलल ‘पुष्पा : द रुल’ मा व्यस्त छन् । सुकुमारले फिल्म ‘पुष्पा २’ पछि पनि उनको फिल्म लाइन अप धेरै देखिन्छ । उनले निर्देशक सन्दीप रेड्डी वांगासँग पनि काम गर्दै छन् । यस्तै, उनी कोर्टला सिवासँग पनि ‘एए २२’ मा काम गर्दैछन्। प्रशान्त नीलसँग पनि फिल्म गर्ने खबर आएइरहेको छ ।

अल्लू अर्जुनको ‘एए २१’ अर्जुन त्रिविक्रमसँग सहयात्रा गर्ने समाचार सार्वजनिक भइरहेका छन् । उनीहरुले काम गर्नलागेको यो फिल्मको बजेट १२ सय करोड रुपैयाँ रहेको बताइएको छ । त्रिविक्रम र अल्लु अर्जुनले अहिलेसम्म तीनवटा फिल्ममा सँगै काम गरिसकेका छन् । जुलायी, ‘शन अफ सत्यमूर्ति’सँगै उनको अन्तिम फिल्म ‘आला वैकुंठपुरमुलो’ थियो । यी तीनवटै फिल्म ब्लकबस्टर भएका छन् ।

‘अला वैकुण्ठपुरमुलो’लाई दर्शकले निकै मन पराइएको थिए । अल्लु अर्जुनको करियरको यो पहिलो फिल्म थियो, जसले उनलाई पैन-इंडिया स्तरमा पुर्याएको थियो। त्यसपछि ‘पुष्पा’ आयो । सन् २०२२ को अन्त्य तिर त्रिविक्रमले अल्लु अर्जुनलाई एक कथाको आइडिया सुनाएका थिए। जुन कथाबाट अल्लु अर्जुन यति प्रभावित भए कि उनले तुरुन्तै फिल्मको लागि हुन्छ भनेका थिए। अहिले यो फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । यो फिल्म कस्तो कथाकस्तुमा बन्ने हो, यसबारेमा कुनै कुरा सार्वजनिक भएको छैन । तर यो फिल्मको बजेट भने अर्कै लेवलको रहेको र यस फिल्मको छिट्टै औपचारिक घोषणा हुनेछ पनि बताइएको छ ।

अहिले अल्लु अर्जुन र त्रिविक्रमले १२ सय करोडमा फिल्म बनाउन लागेको खबरहरु सार्वजनिक भइरहेका छन् । अल्लु अर्जुनका फ्यानहरूले यि समाचारलाई सेयर गरिरहेका छन्। तर, यो समाचार सही हुने आशा भने कमै छ । यदि यो समाचार सत्य भयो भने भारतीय फिल्मको इतिहासमा सबैभन्दा महँगो फिल्म बन्नेछ। अहिले यो सबैभन्दा महँगो बजेटको फिल्म ‘आदिपुरुष’को नाममा रहेको छ। जसको बजेट ५०० करोड भन्दा माथी रहेको बताइएको छ । फिल्मको बजेट यति धेरै राखिएको हो भने अल्लु र त्रिविक्रमले केही चतुराइ सोचेका छन् भन्ने भइ रहेको छ । नत्र देशैभरका फिल्म हलमा संघर्ष भइरहेका बेला १२ सय करोडको फिल्म बनाउनु समझभन्दा बाहिर छ ।

अहिले त्रिविक्रम महेश बाबुसँग फिल्म ‘गुंतुर कारम’ बनाइरहेका छन् । यो फिल्म लामो समयदेखि निर्माणमा छ । तर पूरा हुन सकेको छैन । यसको स्क्रिप्टमा धेरै परिवर्तन भएको बताइएको छ । सुटिङको समयतालिका परिवर्तन भएको छ । जसका कारण फिल्मकी प्रमुख नायिका पूजा हेगडेले फिल्म छाडिसकेकी छिन् । उनको स्थानमा श्रीलीलालाई कास्ट गरिएको छ । त्रिविक्रमले ‘गुंतुर कारम’ पश्चात मात्र अल्लु अर्जुनसँगको फिल्ममा काम सुरु गर्नेछन् । यो फिल्म १३ जनवरी २०२४ मा रिलिज हुने छ।

यतिबेला अल्लु अर्जुन भने ‘पुष्पा : द रुल’ को सुटिङमा व्यस्त छन् । यो फिल्मलाई सुकुमारले निर्देशन गर्दैछन् । यसको रिलिज मिति भने भइसकेको छैन । ‘पुष्पा २’ मा अल्लु अर्जुनसँगै फहद फासिल र रश्मिका मन्डन्ना जस्ता कलाकारहरु देखिदैछन् । फिल्म ‘पुष्पाः द राइज’ १७ डिसेम्बरमा प्रदर्शन भएको थियो। फिल्मले तारिफ बटुल्नुको साथै बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो। ‘पुष्पा २’ ले बक्स अफिसमा पनि राम्रो कमाइ गर्ने फिल्मकर्मीको आशा छ।

  • १ श्रावण २०८०, सोमबार १४:०५ प्रकाशित
  • Nabintech