७ बैशाख २०८१, शुक्रबार
कोहलपुर हत्याकाण्ड : नेपालगन्जबाट थप दुई जना पक्राउ
  • काँचुली खबर

साउन ११, कोहलपुर । प्रहरीले कोहलपुरमा भएको दम्पत्ती हत्याकाण्डमा संलग्न थप २ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार राती बाँको कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतीपुरका २५ वर्षीय कृष्ण कुमार गडरिया र २३ वर्षीया अञ्जली गडरियाको हत्या भएको थियो । घरमै सुतिरहेको अवस्थामा गडरिया दम्पत्तीको हत्या भएको थियो ।

घटना भएको केही घण्टाभित्रै हत्याका मुख्य योजनाकारलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले मंगरबार राती थप दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १८ लग्दहवाबाट अन्दाजी २५ वर्षका साकिर अली बेहना र सूर्जे गाँउका अन्दाजी २० वर्षिय राजन भन्ने ब्यक्ती रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा हत्या गरिएका कृष्ण कुमारका सहोदर दाजु विजय गडरिया र भाउजु रेखा गडरियालाई मंगलबार बिहान नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका मृतकका दाई विजयले मान्छे लगाएर आफ्नै भाई बुहारीको हत्या गरेको स्विकारेका थिए । सोही सुराकको आधारमा प्रहरीले नेपालगन्जबाट हत्यामा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरेर हत्या गरिएका ब्यक्ती कृष्ण गडरियाका दाई विजय गडरिया र भाउजु रेखा गडरियाले २ किलरलाई सुपारी दिएर सोमबार राती ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको डोरी र धारिलो हतियार प्रयोग गरि हत्या गरिएको जनाएको थियो ।

मंगलबार राती पक्राउ परेका ब्यक्तीहरुको प्ररारम्भीक बयानको आधार मान्ने हो भने हत्या गरिएका ब्यक्तीका दाजु विजय गडरियाले करिब १ महिना अघि भाईको हत्याका लागी २ जनालाई २५/२५ हजार एडभान्स रुपैया दिएको र घटनामा विजय गडरियाको समेत संलग्नतामा रहेको कबुल गरेको प्रहरी स्रोतले बताएको छ ।

पक्राउ गरिएका सबैलाई इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखेर थप सोधपुछ भईरहेको प्रहरीले जनाएको छ ।

कोहलपुरमा सुपारी दिएर आफ्नै भाई-बुहारीको हत्या

  • ११ श्रावण २०७९, बुधबार १४:०९ प्रकाशित
  • Nabintech