१४ बैशाख २०८१, शुक्रबार
पललाई ७ दिन न्यायिक हिरासतमा राखिने
  • काँचुली खबर

नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका नायक पल शाहलाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

तनहुँ जिल्ला अदालतले पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पलमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलोपटक ७ दिनको समय दिएको छ ।

७ दिनको समयमा अनुसन्धान नसकिएमा अनुसन्धान गर्ने प्रयोजनका लागि पटकपटक गरी २५ दिनसम्म उनलाई न्यायिक हिरासतमै राख्न सकिन्छ । प्रहरीले अनुसन्धान सकी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइसकेपछि सरकारी वकिलले पलविरुद्ध मुद्दा दर्ता गर्नेछ । तर अनुसन्धानका क्रममा पलमाथि मुद्दा दायर गर्नु नपर्ने भएमा भने मुद्दा दर्ता नगरी तामेलीमा राखिदिन पनि सक्नेछ ।

पलविरुद्ध आइतबार मात्रै नवलपुरमा पनि जवरजस्ती करणीको मुद्दा दर्ता भएको थियो ।

  • १५ फाल्गुन २०७८, आईतवार १९:१९ प्रकाशित
  • Nabintech