पनामा पेपर्स-२ : फेरि करछलीमा मुछिए मेस्सी
  • काँचुली खबर

७ असार, काठमाडौं । पनामा पेपर्स-२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ ।

खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्स-२ सार्वजनिक गरेको छ । पनामा पेपर्सले विश्वका चर्चित व्यक्तिहरुले अवैध सम्पत्ति लुकाउन र कर छल्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भन्ने खुलाउँदै आएको छ । ‘पनामा पेपर्स-२’ काअनुसार मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक अफशोर कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ । मेस्सीको नाम पहिलो पनामा पेपर्समा पनि थियो । तर, उनले यो कम्पनी ‘पूरै निष्क्रिय’ रहेको दाबी गरेका थिए । तर, कम्पनी सक्रिय राखेर करछली गरेको भेटिएको छ ।

 

बार्सिलोनाका खेलाडी मेस्सी र उनका बुवामाथि स्पेनमा कर छलीको मुद्दा लागेको थियो ।

मेस्सीले स्पेनिस अदालतले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना तोकेको थियो । तर, पहिलो पटक २ वर्षभन्दा कम सजाय पाउँदा जेल बस्नु नपर्ने स्पेनिस कानुन अनुसार मेस्सी जेल बस्नु परेको थिएन ।

  • ८ असार २०७५, शुक्रबार १०:२४ प्रकाशित
  • Nabintech