८ बैशाख २०८१, शनिबार
‘संस्थाको उद्धेश्य पुरा गर्न मेरो उम्मेद्धारी’ : खनाल
  • काँचुली खबर

बाँकेको कोहलपुर पछिल्लो समय जुर्मुराएको छ । महिनौंदिनसम्म कोरोनाका कारण थलिएको कोहलपुरमा चुनावी सरगर्मी बढेको छ । चुनाबि सरगर्मीको एउटा कारण हुन, बिष्णु प्रसाद खनाल । खनाल कोहलपुर उद्योग वाणिज्य संघको संस्थापक सदस्य हुन । खनाल सहित कर्ण बहादर थापा, शेषकान्त शर्मा, नम प्रसाद शर्मा, रामचन्द्र मरासिनी, शुभाष बिष्ट, गणेश कोईराला, गोपाल लम्साल, कृण्ण नहर्की, रेशम सापकोटा लगायतले २०५४ सालमा व्यवसायीको हितका लागि कोहलपुर व्यपार संघको अवधारण अगाडी सारेका थिए ।

कर्ण बहादुर थापाको नेतृत्वको कार्यसमितिमा बिष्णु खनाल उपाध्यक्ष बनेको थिए । त्यसपछि लगातार ३ पटक उपाध्यक्ष रहेका खनाल २ पटक महासचिव र पछिल्लो २ पदक सल्लाहकार रहँदै आएका छन । दुई दशक बढि संघमा अनवरत रुपमा क्रियाशिल रहेको भएपनि आफैले नेतृत्व गर्ने अवसर भने उनले अहिलेसम्म पाएका छैनन् ।

गएको निर्वाचनमा पराजित भएका कारण अहिले अन्तिम उम्मेदवारी दिएको बताउने खनालले संस्थापक हुँदा देखि नै उद्योग वाणिज्य संघमा केही गर्नुपर्छ भनेर देखेको सपना अब पुरा गर्ने अवसर खोजेका छन् ।

स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका आँपचौरमा २०२४ सालमा जन्मिएका खनाल परिवारका साइलो छोरा हुन् । उनी ८ दाजुभाई मध्यका तेस्रो सन्तान हुन् । अचम्म लाग्दो कुरा के भने उनको परिवारका ६५ जना अहिलेसम्म पनि सगोलमै बस्दै आएका छन । बाँडिएर होइन जुटेर मात्र प्रगती गर्न सकिन्छ भन्ने उदाहरण उनको पारिवारिक अवस्थाले पनि देखाउँछ । ८ दाजुभाईको अहिले पनि अंशवण्डा भएको छैन । सबै दाजुभाई मिलेर ब्यवसायमा हात हालेका छन् । त्यसैले उनीहरुको सफलता पनि लोभलाग्दो छ ।

खनाल जन्मदै उनको परिवार ब्यवसाय क्षेत्रमा आवद्ध थियो । बुवा प्रजापति खनालले कपडाको पसल संचालन गरेका थिए । आमा मोतीसराको पनि ब्यवसायलाई विस्तार गर्न उत्तिकै भूमिका रह्यो । स्याङ्जा अर्जुन चौपारीमा धान कुट्ने, पिठो पिस्ने र तेल पेल्ने मिल संचालन गर्ने ब्यवसायीक परिवार खनालकै थियो । स्याङ्जामा बुवा आमाको ब्यवसायीक शिक्षा सिकेर बाँके झरेका खनालले पनि सुरुमा किराना पसल संचालन गरेका थिए ।

कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज हाता भित्र सजिलो औषधी पसल संचालनमा छ । सो औषधी पसलको फर्म उनले २०५८ सालमै दर्ता गरेका थिए । त्यस बाहेक विभिन्न उत्पादनका शोरुम लगायतका अन्य ब्यवसायमा दाजुभाईबीच साझेदारी छ । कोहलपुर क्षेत्रको ब्यवसायमा खनाल परिवारको उल्लेख्य योगदान छ ।

‘आफु नेतृत्वमा नभएका कारण त्यो सपना पुरा गर्न सकिन’, खनाल भन्छन्, ‘अब त्यो सपना पुरा गर्न अन्तिम अवसर दिनुस् भनेर मैदानमा आएको छु । सबैले साथ दिनुभएको छ ।’ निकै उत्साहित देखिएका विष्णुले आफ्नो राजनीतिक विचारधाराका ब्यवसायी मात्र होइन फरक राजनीतिक विचार राख्ने ब्यवसायीले पनि सहयोग गरेको बताउँछन् ।

‘संस्थापक भएर जुन उद्धेश्य थियो त्यो अझ पुरा भएको छैन । कोहलपुर वाणिज्य संघलाई नेपालकै नमुना बनाउने मेरो लक्ष्य छ’, उनले भने, ‘निर्वाचित भएको भोलीपल्टबाटै ब्यवसायीको समस्या समाधान तर्फ मेरो सक्रियता रहनेछ । ब्यवसायीको भावना बुझेर एजेण्डा बनाउछु ।’

उनले आफ्ना केही मुख्य योजना बारे पनि बताएका छन् । जसमा, घरभेटी र भाडामा बस्नेबीचको सम्बन्ध, होलसेल ब्यवसायी र खुद्रा ब्यवसायीबीच दरभाउ रेटमा भएको असमझदारी जस्ता कुराहरुलाई ब्यवस्थापन गर्ने ।

त्यस्तै कोहलपुरमा सडकमा बत्ती छैनन्, आवश्यकता अनुसार सडक बत्ती राख्ने, कोरोनावाट धरासायी बनेका ब्यवसायीहरुका लागि प्याकेज ल्याउने, कोहलपुरको मुख्य आकर्षक न्युरोडमा रेलिगं राखेर बत्ती जडान गर्ने, एनटिभी सम्मको वाटोमा मिनिपार्क बनाउने उनको योजना छ । मिनिपार्कमा वाणीज्य संघको लगानी रहेनेछ भने त्यसको नाम पनि उनले सोचिसकेका छन् । उनले भने, ‘त्यसको नाम नै वाणीज्य पार्क रहने छ ।’ त्यसवाहेक ब्यववसायी उत्पादन गर्न नाम तालिम दिने र आवश्यकता अनुसारको कामलाई निरन्तरता दिने उनको उद्देश्य हुनेछ । उनै खनालसँग निर्वाचन सन्दर्भमा हामीले केही वार्तालाप गरेका छौं ।:

१) तपाईको उम्मेद्धारी अध्यक्ष पदमा नै किन ?

कोहलपुर उद्योग बाणिज्य संघको यहि फागुन २२ गते हुन गईरहेको साझा समावेशी व्यवसायी समुहबाट मैले अध्यक्ष पदमा उम्मेद्धारी दिएको छु । म यस कोहलपुर उद्योग बाणिज्य संघको सस्थापक सदस्य रहेको दुई दशक बढि समय संघको बिभिन्न पदमा रहेर काम गरेको नाताले एक पटक संघको अध्यक्ष भएर कोहलपुर क्षेत्रको व्यवसायीक क्षेत्रको नेतृत्व गर्ने तिब चाहना छ । म आफु मात्रै संस्थापक मध्येका अधिकाँस सदस्य र कोहलपुर क्षेत्रका अगुवा व्यवसायीले एक पटक संघको नेतृत्वमा तपाई जानुपर्छ भनि रहेका छन । त्यही भएर पनि मैले अन्तिम पटकका लागि भनेर अध्यक्ष पदमा उम्मेद्धारी दिएको छु । संघको सस्थापक सदस्यका रुपमा भन्नु पर्दा कोहलपुर उद्योग वाणिज्य संघसँग व्यवसायीका थुप्रो गुनासाहरु छन । संघ व्यवसायीको हितमा खरो उत्रन सकेन भन्ने व्यवसायीले बताउने गरेका छन । व्यवसायीको हितकालागी जन्माएको संस्थालाई व्यवसायीक हित अनुकुल संचालन गर्न मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।

२) तपाईको टिमको व्यवसायीक एजेण्डा के के हुन ?

पछिल्लो समय संघ व्यवसायीकको हितमा खारो उत्रन नसक्दा अहिले व्यवसायीहरु संघको भुमिका प्रति नै नकारात्मक छन । आफु सदस्य रहेको संघको सदस्यता नबिकरण गर्न पनि चासो नदेखाउने अवस्थामा हामी पुगेका छौ । यस्तो किन भयो, यो बारे हाम्रो टिमले गहन अध्यन गर्नेछ । व्यवसायीको हित अनुकुल अगाडी बढने छौ । हामी माझ व्यवसायीका एजेण्डाहरु अनगिन्ती छन, हामीले उठाएका एजेण्डा भनेको बाणिज्य संघलाई व्यवसायी मैत्री बनाउनु पर्छ भन्ने नै हो ।

भारतिय सिमा बाजरका कारण पिल्सीएका कोहलपुर बजारका व्यवसायीको हितका लागि उपभोक्त शिक्षा मार्फत स्वदेश बस्तु र उत्पादन बारे प्रबद्धन गर्ने, कर शिक्षा बारे बाणिज्य संघले नियमीत हेल्प डेस्क चलाउने, कोरोना काहरका कारण धारासायी भएको सबैखाले व्यवसायलाई संरक्षण र प्रबद्र्धन गर्ने, घरबेटी र व्यवसायी बिच देखिने घरबाहाल समस्या समाधानका लागि नितिगत व्यवस्था गर्ने, फुटपाथमा व्यवसाय गर्ने साना व्यवसायीलाई उचित स्थानमा बजार व्यवस्थापन गर्ने, बैजनाथमा निर्माण हुन लागेको औधोगिक क्षेत्र छिटो निर्माणका लागी पहल गर्ने र कोहलपुर क्षेत्रमा उद्योग स्थापना र संचालनमा प्रोत्साहन, समग्र राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने गरि यस क्षेत्रमा रहेका साना लघु उद्याम तथा ठुला उद्योगहरुको बिकाश, बिस्तार र संरक्षण गदै नयाँ उद्योग स्थपनामा जोड दिने र सोका लागि अवश्यक पहल गर्ने र कोहलपुरलाई औधोगिक ग्रामको रुपमा बिकास गदै लघु तथा घरेलु उद्योग क्षेत्रका रुपमा बिकास गर्ने योजना छ ।

को हुन अध्यक्ष पदका उम्मेदवार खनाल ? (संक्षिप्त जिवनी)

खासगरी वाणिज्य संघको यस अघिको नेतृत्वले एक बहुआयामिक भवन निर्माण गर्ने लक्ष्य छ । खासगरी बहुआयामीक भवान निर्माण पछि सबै सस्तुगत संघको कार्यलयहरु पनि सोही भवनबाट सञ्चालन गर्ने गराउने गरि हामि अगाडी बढ्ने छौ । केही समय यता संघ र बस्तुगत संघहरु बिच केही असमझदारी समेत पैदा भएको पनि हामीले पाएका छौ । हामि व्यवसायीक हितका लागि सबै बस्तुगत संघको भावना अनुरुप नेतृत्व गर्ने छौ ।

३) खास गरि कोहलपुर उद्योग वाणिज्य संघको सुदृढिकरणमा तपाईको योजना के छ ?

पछिल्लो समय व्यवसायीले संघको सदस्यता नबिकरणमा चासो नदिने गरेको पाईएको छ । वाणिज्य संघको सदस्य किन बन्ने भन्ने गरेको पनि सुन्नमा आएको छ । हामिले संस्थालाई व्यवसायी हित अनुकुलको बनाएर व्यवसाय सुरु गर्ने बित्तिकै संघको सदस्य बन्ने र हरेक आर्थिक वर्षमा नबिकरण गर्ने बातावरण हाम्रो कार्यकाल बाट सुरु गर्ने गाउने प्रतिबद्धता गर्दछु । संघ व्यवसायीको भावना बिपरीत जादैन भन्ने कुरामा हामी प्रतिबद्ध छौ । निर्वाचनका बेला बिभिन्न खाले प्रतिबद्धता गर्ने र नेतृत्वमा पुगेपछि व्यवसायीको भावना बिपरीत चल्ले भन्ने व्यवसयाीको गुनासो छ । त्यो गुनासो कुनै पनि हालतमा आउन दिदैनौ ।

४) तपाईलाई कोहलपुरका व्यवसयाीले किन जिताउने ?

संघको नेतृत्व गर्नका लागि त्यस संघको मर्म र भावना राम्रोसंग बुझेको हुनुपर्छ । त्यस मानेमा म अब्बल छु । कोहलपुरका व्यवसायीको हितका लागि संघ आवश्यक छ र यसको स्थपना गनुपर्छ भन्ने मध्येको प्रमुख पात्र म हो । संघ स्थपना गर्न र यसलाई महासंघमा आवद्ध गराउन पनि नरेन्द्र प्रसाद शर्मा र मेरो नै मुख्य भुमिका छ । तसर्थ यसको स्थापना गर्न र माथि उठाउन मैले पसिना बगाएको छु । तसर्थ फेरी पनि भन्छु, कोहलपुर वाणिज्य संघको बर्तमान नेतृत्वका लागी म भन्दा राम्रो पात्र अरु हुनै सक्दैन । यस अर्थमा सम्पुर्ण व्यवसायीले म र मलाई काम गर्न सहज हुने हिसाबले एक पटक मेरो सम्पुर्ण प्यानललाई अत्याधिक मतका साथ बिजयी गराउनु हुनेछ भन्ने आशा र बिश्वास छ ।

५) कोहलपुरको समग्र बिकासकालागि तपाईको कस्तो भुमिका रहन्छ ?

हामि कोहलपुरलाई औद्योेगिक ग्रामका रुपमा बिकास गर्न, व्यवसायीक सुरक्षा र संरक्षण हुने स्थलको रुपमा बिकास गर्न र समाजिक उत्तरदायित्व सहितको व्यवसायीक क्षेत्र निर्माण गर्ने अभियानमा छौ । उद्योग वाणिज्य क्षेत्र मात्रै होईन समाजिक क्षेत्रमा म र मेरो समुह उत्तिकै सक्रिय क्रियाशील छ । कोरोना महामारीका समयमा सम्पुर्ण मानिस घर भित्र बस्ता म र मेरो टिमले पैदल यात्रीलाई खाना खुवाउने र सार्वजनिक स्थानलाई सेनेटाईज गर्ने अभियान चलाएका थियौ । रोजगार गुमाएका थुप्रै बिपन्नलाई दाल चामल बितरण गर्यौ । त्यस अर्थमा हामी व्यवसयाीक क्षेत्र र समाजिक क्षेत्रका उत्रिकै क्रियासील रहने छौ ।

६) अन्त्यमा केही भन्नु छ ?

कोहलपुर उद्योग वाणिज्य संघलाई व्यवसायी मैत्रि बनाउका लागि हामी हाम्रो समुह प्यानलबाट चुनावी मैदानमा छौ । दुई प्यानल बनाएर चुनावमा होमिएको भएपनि निर्वाचित भईसके पछि सम्पुर्ण व्यवसायीको भावना र मर्म अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । सबै खाले व्यवसायमा आवद्ध व्यवसायीको यस टिमलाई अमुल्य मत दिएर अत्याधिक मतका साथ बिजयी गराउनु हुनेछ भन्ने अपेक्षा छ । खास गरी कोहलपुरको उद्योग र व्यवसाय क्षेत्रको सम्वद्र्धन र प्रबद्र्धन गर्नका लागि हाम्रो टिमको जित अनिवार्य छ । हामि साँच्चै केहि फरक गर्ने सोचका साथ चुनावी मैदनमा छौ । तपाईको मायाको खाँचो छ । हामि कोहलपुर उद्योग वाणिज्य संघलाई वास्तवमै व्यवसायी मैत्री बनाएरै छाड्ने छौ ।

  • २० फाल्गुन २०७७, बिहीबार १६:५८ प्रकाशित
  • Nabintech