६ जेष्ठ २०८१, आईतवार
दोषिलाई कारबाहीको माग गर्दै ढकेरीमा चक्काजाम
  • काँचुली खबर

महेन्द्र राजमार्गस्थित ढकेरी-शम्शेरगन्ज क्षेत्र तनावग्रस्त बनेको छ । टिप्परको ठक्करबाट राप्तीसोनारी गाँउपालिका ८ बालापुरका २५ वर्षिय युवाको मृत्यु भएपछि स्थानियहरु आन्दोलित भएका छन । दुर्घटनामा ज्यान गुमाएका युवाको परिवार तथा स्थानियहरुले दोषिलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध पारेका हुन ।

ढकेरीमा सडक दुर्घटना, एकको मृत्यु दुई घाईते

अहिले सडकमा टायर बालेर स्थानियहरुले बिरोध प्रदर्शन गरीरहेका छन । सडक अबरुद्ध गरेर स्थानियहरु आन्दोलनमा उत्रिएपछि छोटो तथा लामो दुरीका सवारीसाधन बाटोमै रोकीएका छन भने त्यस क्षेत्रमा ठुलो मात्रामा प्रहरी परिचालन गरीएको छ ।

ढकेरीमा मोटरसाईकललाई ठक्कर दिएर फरार टिप्पर प्रहरी नियन्त्रणमा


मृतकको परिवारलाई उचित क्षतिपूर्ति र दोषिलाई कारबाहीको माग गर्दै आफुहरु आन्दोलित भएको स्थानिय युवा नेता शेरबहादुर खड्का सुजलले जानकारी दिए । माग पुरा नभएसम्म आन्दोलनका जारी रहने बताउँदै सुजलले राजमार्गमा टिप्परको आंतङ्क रोकिनुपर्ने बताए ।

सोमबार बेलुका महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको ढकेरी नजिकै ना८च ५४५६ नम्बरको टिप्परले भे८प ३७९५ र भे५प ३८८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट भे८प ३७९५ नम्बरको मोटरसाईकलमा सवार २५ वर्षिय ढकबहादुर खड्काको ज्यान गएको थियो भने उनका दाजु वर्ष ३५ का मान बहादुर खड्का गम्भीर घाईते भएका थिए । त्यसैगरी अर्को मोटरसाईकलमा रहेका ५१ वर्षिय संजय चन्द समेत घाईते भएका थिए ।

घाईते दुबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

  • १८ फाल्गुन २०७७, मंगलवार १८:४४ प्रकाशित
  • Nabintech