६ जेष्ठ २०८१, आईतवार
ढकेरीमा सडक दुर्घटना, एकको मृत्यु दुई घाईते
  • काँचुली खबर

महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको ढकेरीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका ढकेरीमा टिप्परले दुई वटा मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट राप्तीसोनारी गाँउपालिका ८ बस्ने वर्ष २५ का ढकबहादुर खड्काको ज्यान गएको छ भने उनका दाजु वर्ष ३५ का मान बहादुर खड्का गम्भीर घाईते भएका छन । मृतक खड्का सवार भे८प ३७९५ नम्बरको मोटरसाईकललाई टिप्परले ठक्कर दिएको थियो । त्यसैगरी दुर्घटनामा भे५प ३८८९ नम्बरको मोटरसाईलमा सवार ५१ वर्षिय संजय चन्द समेत घाईते भएका छन । उक्त टिप्परले एकै पटक दुईवटा मोटरसाईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिने टिप्पर र चालक फरार भएकाले खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । घाईते दुबैको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • १७ फाल्गुन २०७७, सोमबार १९:५८ प्रकाशित
  • Nabintech