६ जेष्ठ २०८१, आईतवार
ढकेरीमा मोटरसाईकललाई ठक्कर दिएर फरार टिप्पर प्रहरी नियन्त्रणमा
  • काँचुली खबर

सोमबार बेलुका दुई मोटरसाईकललाई ठक्कर दिएर फरार भएको टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महेन्द्र राजमार्ग अन्तर्गत ढकेरी सडक खण्डमा दुई मोटरसाईकललाई ठक्कर दिएर भागेको ना८च ५४५६ नम्बरको टिप्पर र त्यसको चालक प्रहरी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रविन्द्र खनालले जानकारी दिए ।

टिप्परको ठक्करबाट राप्तीसोनारी गाँउपालिका ८ बस्ने वर्ष २५ का ढकबहादुर खड्काको ज्यान गएको थियो भने उनका दाजु वर्ष ३५ का मान बहादुर खड्का गम्भीर घाईते भएका थिए । मृतक खड्का सवार भे८प ३७९५ नम्बरको मोटरसाईकललाई टिप्परले ठक्कर दिएको थियो । त्यसैगरी दुर्घटनामा भे५प ३८८९ नम्बरको मोटरसाईलमा सवार ५१ वर्षिय संजय चन्द समेत घाईते भएका छन । उक्त टिप्परले एकै पटक दुईवटा मोटरसाईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ढकेरीमा सडक दुर्घटना, एकको मृत्यु दुई घाईते

घाईते दुबैको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ ।

  • १७ फाल्गुन २०७७, सोमबार २२:१२ प्रकाशित
  • Nabintech