१७ बैशाख २०८१, सोमबार
हराएको एक हप्तापछि भेटिईन अधिकारी
  • काँचुली खबर

परिवारबाट सम्पर्क बिहिन भएको एक युवती एक हप्तापछि भेटिएकी छन । कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीकी १६ वर्षीय रेनुका अधिकारी काठमाण्डौंमा भेटिएकी हुन ।

स्कुल हिडेकी बालिका कोहलपुरबाट गायब

गत माघ २५ गते घरबाट डान्स क्लब जान भनेर निस्किएकी अधिकारी त्यसपछि सम्पर्क बिहिन भएकी थिईन । उनी हराएको भनि उनका परिवारले माघ २७ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिएका थिए ।

चप्परगौडीस्थित ज्ञानज्योती माविमा अध्ययनरत अधिकारी सोमबार कोठमाण्डौ स्थित नयाँ बसपार्कमा फेला परेकी हुन । इलाका प्रहरी कार्यालयको निरन्तरको प्रयास पछि उनी काठमाण्डौँबाट फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । काठमाण्डौंबाट भेटिएकी अधिकारीलाई उनको मामाको जिम्मा लगाउन लागीएको प्रहरीले जनाएको छ । साथै उनी त्यहा कसरी पुगिन र कसले लग्यो भन्ने बिषयमा थप अनुसन्धान सुरु गरीएको प्रहरीले जनाएको छ ।

यसैबिच एक महिनादेखी हराईरहेकी अर्की बाहिका भने अझैं परिवारको सम्पर्कमा आएकी छैनन । कोहलपुर २ विकासनगरकी १४ वर्षीया उषा विसी घरबाट हराएको एक महिना भयो । उनी माघ ५ गते स्कूल जान्छु भनेर गएपछि बेपत्ता भएकी थिइन् । उनको पनि अहिलेसम्म अवस्था अज्ञात छ ।

स्कुल हिडेकी बालिका कोहलपुरबाट गायब

उनको परिवारले छोरी हराएको भन्दै ७ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा खोजी गरिदिनको लागि निवेदन दर्ता गरेको थियो ।

  • ३ फाल्गुन २०७७, सोमबार १८:१३ प्रकाशित
  • Nabintech