२ जेष्ठ २०८१, बुधबार
स्कुल हिडेकी बालिका कोहलपुरबाट गायब
  • काँचुली खबर

स्कुल जानकालागि घरबाट निस्कीएकी एक बालिका हराईरहेकी छन । बाँकेको कोहलपुर नगरपालिका २ बिकासनगरकी १४ वर्षिय उषा विक २३ दिनदेखी हराईरहेको परिवार स्रोतले जनाएको छ ।

स्कुल जान्छु भनि माघ ५ गते घरबाट निस्किएकी उषा घर नफर्किएपछि उनका आफ्न्त चिन्तामा छन । बिहान ९ बजे स्कुल हिडेकी बालिका माघ २८ गतेसम्म पनि सम्पर्कमा नआएपछि उनको परिवारले खोजीकालागि अपिल गरेका छन । ईष्टमित्र र चिनजानका सबै ठाँउमा खोजतलास गर्दा समेत ति बालिका फेला परेकी छैनन ।

गोरो वर्णकी पातली उषालाई कतै फेला पारेको खण्डमा ९८१६५४४०६८, ९८१६५७२०७७ मा फोन गरेर खबर गरिदिन वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्कमा ल्याइदिन उनको परिवारले अपिल गरेको छ ।

  • २८ माघ २०७७, बुधबार १७:११ प्रकाशित
  • Nabintech