१५ चैत्र २०८०, बिहीबार
असली चामल त नेपालीले खाएकै छैनन् !
  • काँचुली खबर

भात भनेपछि नेपाली हुरुक्कै हुन्छन् । कतिपयलाई एक छाक भात नभई हुँदै हुँदैन, दैनिक कम्तिमा एक पटक भात खानै पर्छ । हामी नेपाली त पोलिस लगाएर टिलिक्क टल्केको चामलको भात खान रुचाउँछौं । पोलिस नगरेको चामल (ब्राउन राइस) खाने त नगन्य होलान् वा छैनन् भन्दा पनि हुन्छ । यद्यपी नेपाली खाना अर्थात दात, भात, साग, अचार स्वास्थ्यका लागि उत्कृष्ट मानिए पनि सेतो चामलको भात विष समान हुने चिकित्सक बताउँछन् । के हामीले हरेक दिन खाँदै आएको सेतो चामलको भात स्वास्थ्यका लागि उपयुक्त छ रु यसबारे प्रशासन डट कमका एस राज उपाध्यायले अर्थो न्युरो हेल्थ केयर, लगनखेलका प्राकृतिक तथा क्रोनिक ब्याक पेन एक्सपर्ट डा। सुनिल पौडेलसँग गरिएको कुराकानी ।

नेपाली परम्परा अनुसार भातलाई अमृत नै मानिन्छ तर तपाई त सेतो चामलको भात बिष बराबर भन्नुहुन्छ ? 
– एकदमै सत्य हो । वास्तवमा भात अमृत समान नै हो तर सेतो भात भने मन्द विष वा स्लो प्वाइजन बराबर हुन्छ भन्न मात्र खोजेको हो । सेतो चामलको भातको तुलनामा पार बोइल्ड (पोलिश नगरेको उसिना) चामलको भात अमृत तुल्य नै हुन्छ ।

भात त सेतै हुन्छ नि, हैन र ?
– धान छोडाएर हेर्नुस् त, त्यो भित्र सेतो होइन खैरो चामल देखिन्छ । यो नै असली चामल हो । यसैलाई नै ब्राउन राइस भनेको हो । यसको भात नै स्वास्थ्यका लागि स्वस्थकर हुन्छ । तर हामी त पोलिश गरिएको कामै नलाग्ने चामल मात्र नै खान्छौं ।

पोलिश गरिएको चामल ?
– हो, हामी नेपाली हीरा फ्याकेर ढुंगा किन्ने मान्छे न पर्यौं । चामलमा पाइने पौष्टिक तत्व सबै फालेर फुक्का काम नलाग्ने भात खाइरहेका छौं । पोलिस गर्ने नाममा चामलको पौष्टिक तत्व फालिरहेका छौं । पोलिस गरेर चामलको बाहिरको लेयर वा बाहिरि पत्रलाई ढुटो वा ब्रानको रुपमा फ्याक्छौं । अनि बाँकि रहेको कामै नलाग्ने सिम्पल कार्बोहाइडेड मात्रै खाइरहेका हुन्छौं । यस्तो सेतो चामल र चिनिमा खासै फरक छैन । चिनिले गर्ने सबै हानी यहि सेतो चामलले गरिरहेको हुन्छ ।

ब्राउन राइसमा के-के पौष्टिक तत्व पाइन्छन् ?
– ब्राउन राइस वा उसिना ब्राउन राइस सुपर फुड हो भन्ने हामीले बुझ्न सकेका छैनौं । त्यसमा मानव शरीरलाई चाहिने अत्यावश्यक तत्वहरू पाइन्छन् । ब्राउन राइसमा

  •  दुनियाँको सबैभन्दा उच्चस्तरको प्रोटिन,
  • आवश्यक फ्याटी एसिड
  • भिटामिन बी कम्प्लेक्स,
  • एन्टी अक्सिडेन्ट्स,
  • क्याल्सीयम, आइरन लगायतका आवश्यक मिनरल्स आदि सबै ब्राउन राइसमै पाइन्छ ।
  • यस्लाई अझै उसिना ब्राउन बनाउने हो भने त ग्लाइसेमिक इण्डेक्समा समेत सुधार भई मधुमेहको रोगीले समेत खान हुने बन्छ ।
    चामल पोलिस गर्ने नाममा हामीले मानव शरीरलाई आवश्यक तत्व जानेर वा नजानेर फालिरहेका छौं । यसको ब्रान वा ढुटो बनाएर गाई, सुँगुरलाई खुवाउने गर्छौं । अनि सुंगुरले पनि खान नहुने चिज अर्थात सेतो भात हामीले खाइरहेका छौं । पोलिस लगाएको सेतो चामलको भातमा सिम्पल कार्बोहाइड्रेट्स मात्र बाँकी रहन्छ जस्ले सुगर, इन्सुलिन, मोटोपन अनि रोग बढाउने मात्र काम गर्छ ।

हाम्रो दुर्भाग्य त्यतिमै अन्त्य हुँदैन । हामीले मिल्काएको ब्रान वा ढुटो विदेश निर्यात हुन्छ । विदेशमा त्यहीबाट गुणस्तरीय प्रोटिन बन्छ, भिटामिन र महंगो तेल बन्छ जुन आकाशिदो मूल्यमा हामी किनेर सेवन गर्छौं । ब्राउन राइसमा पाइने पौष्टिक तत्व तथा भिटामिनबारे बुझ्न नसक्नु हाम्रो दुर्भाग्य हो ।

खासमा सेतो चामलको भातले कसरी हानी गर्छ ?
– सेतो चामलको भात मात्र होइन, कुनै पनि सिम्पल कार्बोहाइडेडले शरीरलाई हानी नै गर्छ चाहे त्यो चिनि होस् या मैदा वा यीनले बनेका बिस्कुट, चाउचाउ वा पाउरोटि, दुनोट आदि ।

पोलिस लगाएको चामल स्लो पोइजन सरह हो । किनभने यो सिम्पल सुगर हो । जसमा न भिटामिन छ न त क्याल्सियम नै । सिम्पल सुगर पचाउन क्याल्सियम चाहिन्छ । तर, पोलिस लगाएको चामलको भातमा त क्याल्सियम झन्डै जिरो नै हुन्छ । त्यसपछि हड्डी तथा रगतको क्याल्सियम प्रयोग हुन्छ । जसले गर्दा हड्डीहरू कमजोर हुँदै जान्छन् ।

दोस्रो पोलिस लगाएको चामलमा शरीरलाई चाहिने भिटामिन पाइँदैन । त्यसकारण रोग संक्रमणको जोखिम हुन्छ ।

तेस्रो, ग्याइसेमिक इन्डेक्स हेर्दा पोलिस लगाएको चामलले रगतमा सुगरको मात्रा चिनिले जस्तै ह्वात्तै बढाउँछ । जसले गर्दा शरीरमा इन्सुलिन बढ्छ, मोटोपन बढ्छ । त्यति मात्र होइन, यस्ताखाले सिम्पल सुगरले क्रोनिक डिजनरेटीभ डिजिज, हड्डी खिइने, मधुमेह, उच्च रक्तचाप, दांतका रोग, रक्तनलिका रोग देखि क्यान्सरको जोखिम समेत बढाउन सक्ने विज्ञानले प्रमाणित गरिसकेको छ ।

पछिल्ला अनुसन्धान हेर्ने हो भने पार्किन्सन्स, अल्जाइमर लगायतका नशाका रोगहरू पनि सिम्पल सुगरकै कारण हुने वा बढ्ने गरेको प्रमाणित भइसकेको छ । यस्ता रोगबाट बच्न चाहनेले सेतो चामलको भात, चिनि, मैदा, जंक खान आजै छाड्नुपर्छ ।

बजारमा त सेतै चामल मात्र पाइन्छ, कहाँबाट ल्याउने त यहाँले भनेको ब्राउन राइस ?
– बजारमा पोलिस नगरेको चामल पनि पाइन्छ, ब्राउन राइस पनि पाईन्छ साथै पोलिश नगरेको उसिना चामल पनि पाइन्छ, खोजेर खानुपर्छ ।

धान किनेर मिलमा लगेर पनि यस्तो चामल बनाउन सकिन्छ । अझ आजभोलि त धान कुट्ने चाइनिज डबल मेसिनहरू बजारमा पाइन्छन् । एउटालाई हस्कर भन्छन्, अर्कोलाई पोलिसर । धानलाई हस्करमा दोहोराएर तीन पटक राखेर निकालेर केलाएपछि त्यो ब्राउन राइस बन्छ । ढिकीमा कुटेको चामल पनि ब्राउन राइस नै हो । बजारमा पनि ब्राउन राइस मात्र होइन, उसिना ब्राउन पनि पाइन्छ । यो चामलको भात खानका लागि सबैभन्दा उत्तम हो । यस्तै रातो वा कालो चामल पनि पाइन्छन, जुन एकदमै स्वस्थकर हुन्छन् ।

चामलको पोलिसबारे पनि अन्तर्राष्ट्रिय मापदण्ड समेत छ । तर, हामीले त्यो मापदण्डलाई मिचेर चामल पोलिस गरिरहेका छौं । ताकि टलक्क टल्कियोस् । हामीलाई त टल्केको चिज न चाहिएको छ ।

यहाँले भनेको जस्तै सबैले सहजरुपमा कसरी त्यसको प्रयोग गर्न सक्छन् त रु यो सम्भव छ र ?
– अवश्य सक्छन् । भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय । म जस्तो व्यस्त मान्छेले सक्छु भने अन्यले नसक्ने कुरै हुंदैन । मासु खानेलाई मासु नखाए तलतल लाग्छ यस्तै बोतलबन्द पेय, जंक तथा गुलियो खानेलाई पनि हुन्छ । सेतो चामलको भात नखानेलाई पनि सेतो भात नखाए तलतल लाग्छ । त्यो कुलत हो । यसलाई चेन्ज गर्न सकिन्छ । म साउथ इन्डियामा ६ वर्ष रहँदा पार्बोइल्ड राइस खाएको थिएँ । आजभोलि मिठो लाग्न थालिसक्यो । यसकारण बानीको विकास आफै गर्ने हो ।

बानीको विकास बिस्तारै हुन्छ । कुनै पनि काम बारम्बार रिपिट गर्यो भने बानी बन्छ । सजिलो छ ।

  • २ असार २०७५, शनिबार १९:०० प्रकाशित
  • Nabintech