चिकित्सक धम्याउने ब्यक्ति पक्राउ परेपछि ओपिडी सेवा सुरू
  • काँचुली खबर

१६ बैशाख, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सकलाई धम्की दिने एक व्यक्ति पक्राउ परेपछि बन्द रहेको ओपिडी (बहिरङ्ग) सेवा पुनः सञ्चालन भएको छ ।

बाँके, बैजनाथ-६ की दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा विवाद गर्नुका साथै चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै धम्की दिएका थिए । महिलाको मृत्युको घटनामा कानुनी प्रक्रियामा जाने सहमति भए पनि मृतकका भान्जा कुशल दलामीले चिकित्सकलाई धम्क्याएपछि असुरक्षाको महसुस गर्दै चिकित्सकहरूले आन्दोलनस्वरूप ओपिडी सेवा बन्द गरेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बुधबार प्रहरीले दलामीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएपछि हालका लागि आन्दोलन फिर्ता लिएर काममा फर्किएको भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदीले जानकारी दिए ।

आन्दोलन फिर्ता भएसँगै अस्पताल प्रशासनले एक सूचना प्रकाशित गरी अस्पताल परिसरभित्र तस्बिर तथा भिडियो खिच्न कडाइ गरेको छ । अस्पतालको अनुमतिबिना कुनै पनि दृश्य खिच्न नपाइने व्यवस्था गरिएको छ । साथै, चिकित्सकमाथि हातपात र दुर्व्यवहारमा संलग्न अन्य व्यक्तिलाई पनि तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन अस्पतालले माग गरेको छ ।

  • १६ बैशाख २०८३, बुधबार १५:३३ प्रकाशित
  • Nabintech