११ बैशाख २०८१, मंगलवार
धर्म र जातको आधारमा राजनिती नगरौं : मन्त्री राई
  • काँचुली खबर

शहरी बिकास मन्त्री मो. इस्तियाक राईले धर्म, क्षेत्र र जातका आधारमा कसैले पनि राजनिती गर्न नहुने बताएका छन । शहरी डिभिजन तथा भबन निर्माण बिभाग, डिभिजन कार्यालय बाँके र नेपालगन्ज नगर बिकास समितीको कार्यालय बाँकेले संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले धर्म र जातियताका आधारमा गरिने राजनिति घातक हुने बताएका हुन । उनले आफुलाई कसै-कसैले धर्म र जाती बिशेषको राजनीति गर्ने गरेको आरोप लगाउदै आएको बताउदै त्यो झुट भएको र कसैले पनि त्यस्तो राजनीति गर्न नहुने बताए ।


चुनाबको बेलामा जनता सामु आफुले गरेका बिकासका बाचा र प्रतिबद्धताहरु आफु मन्त्री भएपनि नबिर्सिएको बताउदै मन्त्री राईले चुनावका बेला गरिएका बाचा र प्रतिबद्धताहरुलाई पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

नेपालगन्ज बिमानस्थललाई क्षेत्रीय स्तरको बनाउने, भेरी अञ्चल अस्पताललाई थप स्तरोन्नती गर्ने, बजार भित्रका सडकहरु सुधार गर्ने, नेपालगन्जमा सुबिधा सम्पन्न टेक्निकल विश्वबिद्यालय स्थापना गर्ने तथा वाटरपार्कलाई ब्यवस्थित बस्ती बनाउने लगाएतका कामहरु आफुले अगाडि बढाईसकेको मन्त्री राईले बताए ।
उनले डिभिजन कार्यालय बाँकेका प्रमुख सुनिल कुमार ठाकुरलाई बनाउनु पर्ने, मर्मत गर्नु पर्ने, टुटफुट भएका सडकहरु कहाँ के कति छन ती सबैको रेकर्ड र लगत बनाएर तुरुन्त आफू कहाँ पठाउन निर्देशन समेत दिए । त्यसका लागि चाहिने आबश्यक बजेट मन्त्रालयबाटै ब्यवस्थापन गरिने मन्त्री राईले बताए ।
यसैबिच मनत्री राईले नेपालगन्ज नगर बिकास समितिको भवन निर्माण कार्यको पनि शिलान्यास गरे । नेपालगन्जको न्यु रोडमा निर्माण गर्ने भनिएको समितीको बहुउद्देश्यीय भबनको एक कार्यक्रम बीच शिलान्यास गरे । उक्त भबन निर्माणका लागि ठेकेदार कम्पनी केशब शाह कन्ट्रक्सन प्रा.लि. नौबस्ता-८, बाँकेसँग २ करोड २७ लाख ७१ हजार ८३८ रुपैयाँ लागतमा ठेक्का सम्झौता भइसकेको नगर विकास समिति नेपालगन्जका अध्यक्ष गोपाल पुनले बताए । दुई तलामा निर्माण गरिने उक्त आगामी २०७६ चैत्र २२ मा समितिलाइ हस्तान्तरण गर्ने गरी निर्माण कार्य सुरु गरिएको अध्यक्ष पुनले जानकारी दिए ।

  • १ असार २०७५, शुक्रबार १७:३९ प्रकाशित
  • Nabintech