११ बैशाख २०८१, मंगलवार
कुन खेलाडी सबैभन्दा छिटो दौडिन्छन् ?
  • काँचुली खबर

विश्व फुटबलमा कुन खेलाडी छिटो दौडिन्छन् भन्ने चर्चा पनि हुने गरेको छ । यो विश्वकपमा सहभागिता जनाउने खेलाडीमध्ये २०१८ मेमा समाप्त भएको च्याम्पियन्स लिगलाई आधार मानेर अध्ययन गरिएको थियो । अध्ययनअनुसार इजिप्टका मोहम्मद सलाह सबैभन्दा छिटो दौडिने फुटबल खेलाडी बनेका छन् । उनले विश्वका स्टार खेलाडी नेमार, मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पनि पछि पारेका हुन् ।

मैदानमा सलाहको स्पिड ३३ किलोमिटर प्रतिघन्टा रहेको छ । तर, अर्जेन्टिनाका सुपरस्टार मेस्सी भने २८ किलोमिटर प्रतिघन्टाका दरमा कुद्छन् । यस्तै, रियल मड्रिडका स्टार स्ट्राइकर तथा पेर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोको र ब्राजिलका स्टार नेमार जुनियरको गति ३१ किलोमिटर प्रतिघन्टा छ । १९९६ पछि खेलाडीको गति बढ्यो ।  जर्नल अफ साइन्स एन्ड मेडिसिन एन्ड स्पोर्टस्का अनुसार सन् १९६६ मा भएको आठौं विश्वकपपछि खेलाडीको फिटनेसको चर्चा हुन थालेको हो । यसपछि खेलाडीहरूमा चोटपटक पनि कम लाग्न थालेको थियो । त्यसपछि खेलाडीको गति १५ प्रतिशतसम्मले बढेको छ । सन् २०१४ को विश्वकपमा १.६८ प्रतिखेलका दरले १०४ खेलाडीलाई चोट लागेको थियो । आपसमा ठोकिनु नै चोट लाग्नुको प्रमुख कारण थियो । ७२ प्रतिशत चोट खुट्टामा लागेको थियो भने १८ प्रतिशत चोट टाउको र गर्धनमा र १० प्रतिशत हात र शरीरका अन्य भागमा लागेको थियो । यसैले पनि अहिलेका खेलाडीको खेल टेक्निकसँगै खेलाडीको फिटनेसमा पनि निकै ध्यान दिन थालिएको छ । यसको एउटै कारण भनेको राम्रो खेलाडी मैदानमा धेरै समय रहन सकोस् र खेल आफ्नो पक्षमा पार्न सकियोस् भन्ने नै हो ।

  • २९ जेष्ठ २०७५, मंगलवार १७:२० प्रकाशित
  • Nabintech