११ बैशाख २०८१, मंगलवार
विश्वकपको प्रमुख अतिथिको रूपमा पेले रुसमा
  • काँचुली खबर

एजेन्सी / एडसन दी अरान्तेज डी नामेमेन्टो उर्फ पेले विश्वकप फुटबलका लागि रुसको राजधानी मस्को पुगेका छन् । जब उनी मस्को पुगे उनको स्वागत देखेर उनी आफंै खुसीले गदगद् भए । पेलेलाई दिइएको त्यो सम्मानले पनि थाहा हुन्छ फुटबल दुनियाँका ‘कालो हिरा’ को महत्व कति हुन्छ भनेर । ब्राजिलका सुपरस्टार स्पेसल गेस्टका रुपमा रुस पुगेका छन् । ७७ वर्षीय पेले अहिले शारीरिक रूपमा अस्वस्थ छन् । ५० र ६० को दशकका यी फुटबलका जादुगरले ब्राजिलका लागि तीन विश्वकप उपहार दिएका थिए । सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले विश्वकप जित्दा उनको अहम् भूमिका थियो । पेले अहिले आफ्नै खुट्टामा उभिएर हिँड्डुल गर्न नसक्ने भइसकेका छन् । फुटबलकै कारण उनी थलिएका हुन् । उनी आफ्नो यात्रामा ह्विलचियरको प्रयोग गर्छन् । रुसमा आयोजित यो विश्वकपमा पनि विशेष अतिथिको रूपमा उनलाई निम्ता गरेपछि ह्विलचियरमै उनी रुस पुगेका छन् ।

शरीरको पछिल्लो भागमा समस्या भएका कारण उनी अहिले हिँड्डुल गर्न भने सक्दैनन् । उनलाई डाक्टरले अनुमति दिएपछि मात्रै रुस पुगेका हुन् । जब उनी ह्विलचियरमा रुस पुगे त्यतिबेला उनलाई प्राप्त स्वागतले उनको आँखा भरिएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पेलेलाई स्वागत गरे र हात मिलाए । सन् १९८६ मा अर्जेन्टिनालई विश्वच्याम्पियन बनाएका डिएगो म्याराडोना रुस पुगेका छन् । उनले पेलेको स्वागत गर्दा पेलेलाई चुम्बन गरेका थिए । रुसमा पेलेलाई जुन सम्मान दिइएको छ वास्तवमा उनी यसको हकदार पनि थिए ।

सन् १९४० अक्टोबर २२ मा जन्मेका पेले १९५८ देखि ७० को बीचमा चारपटक विश्वकपमा सहभागी भएका थिए । उनले खेलजीवनमा १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका थिए ।

  • २८ जेष्ठ २०७५, सोमबार १७:१० प्रकाशित
  • Nabintech